एमाले फुट्यो, माधव नेपालले खोले ‘नेकपा एमाले समाजवादी’

काठमाडौँ – नेकपा एमाले विभाजित भएको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले (समाजवादी) दल निर्वाचन आयोगमा दर्ता गराउनु भएको हो ।

पार्टीले चुनाव चिह्न खुला किताब पाएको छ । ‘नेकपा एमाले समाजवादी’को संयोजकमा नेता नेपाल हुनुहुन्छ भने ९५ सदस्यीय केन्द्रीय कमिटी छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले आज मात्र संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गर्नु भएपछि नेता नेपाललाई दल दर्ता गर्न सहज भएको हो ।


प्रकाशित | २ भाद्र २०७८, बुधबार १५:५२