एनआरएनए नेदरल्याण्ड्सको महिला उपाध्यक्षमा सीता सापकोटाको उम्मेदवारी

नेदरल्याण्ड्स । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्याण्ड्सको महिला उपाध्यक्ष पदमा सीता सापकोटाले उम्मेदवारी दिनु भएको छ । आगामी कार्यकालका निम्ति महिला उपाध्यक्ष पदमा उहाँले उम्मेदवारी दिनु भएको हो ।

उहाँले एनआरएनए नेदरल्याण्ड्सको कार्य समितिमा रहेर काम गरिसक्नु भएको छ । कार्य समितिमा रहेर काम गर्दा आफ्नो भूमिका महत्वपूर्ण रहेको भन्दै आगामी दिनमा पनि राम्रो कामलाई निरन्तरता दिने उहाँले प्रतिबद्धता जनाउनु भयो ।

बिशेष गरि महिलाहरुको हक हित, महिला सशत्तीकरण र महिलाहरुमा नेतृत्व बिकासको लागि अझै सक्रिय रुपमा काम गर्ने उहाँले बताउनु भयो ।

उहाँले सिन्धुपाल्चोकका बाढी पहिरो पीडितको लागि समेत सहयोग संकलन गरेर महत्त्वपूर्ण योगदान पुर्याउनु भएको थियो भने नेपालका हरेक विपत्तमा सहयोगी भूमीका निर्वाह गर्दै आउनु भएको छ ।

गैर आवासीय नेपाली संघ नेदरल्याडसको नवौ अधिबेशन जुलाई ३१ मा तय गरिएको छ ।


प्रकाशित | ११ श्रावण २०७८, सोमबार १९:५४