चलचित्र ‘गोर्खे’को छायाँकन सकियो

काठमाडौं: चलचित्र ‘गोर्खे’को सम्पूर्ण छायांकन सकिएको फिल्म निर्माण पक्षले जनाएको छ । कोजु ईन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति र तिर्थ राम कोजु र हरि थापाको निर्माणमा तयार भएको यो चलचित्रकोे पाल्पा ,बर्दघाट,धम्पुस,पोखरा र काठमाण्डौ लगायत नेपालको रमणीय स्थानहरुमा छायांकन गरिएको हो ।

चलचित्रलाई द्धन्द्ध निर्देशक शंकर महर्जनले निर्देशन गर्नुभएको हो । करिब ४५ दिनमा छायांकन सकिएको यस सिनेमाको एक गित सिन्के अचार‘ अहिले निकै हिट पनि छ। यस सिनेमाको गीतमा कोरियोग्राफी भने शिब बि कको रहेको छ ।

यो चलचित्रमा हिमाल के सीको द्वन्द निर्देशन रहेको छ । गोर्खे बन्ने सपना बोकेका ५ युवाहरुको पात्र लाई सिनेमामा देख्न पाईनेछ । सौरब लामा र निरज कंडेलले खिचेको यस सिनेमाको कथा भने यो फिल्मलाई काजी लिम्बुले लेख्नुभएको हो ।

छिन्दु पाख्रिन र हरि लम्सालको संगीत रहेको चलचित्र गोर्खेमा रबिन्द्र प्रताप सेन, अन्जली अधिकारी, अर्जुन गुरुङ, अश्मी लामा, अश्मी श्रेष्ठ, एन्जेल श्रेष्ठ ,बाल्दिप राईलगायतकाको प्रमुखभूमिका रहेको छ । मित्र डी गुरुङको सम्पादन रहेको यस सिनेमाको बितरण जिम्मा सुनिल मानन्धरले लिनुभएको छ ।


प्रकाशित | २४ असार २०७६, मंगलवार १२:४४