कृषकको हितको लागि नगरपालिका जस्तोसुकै सहयोग गर्न तयार छ : मेयर-बासुदेव थापा, सूर्यविनायक

भक्तपुर : सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले कृषकको हितको लागि नगरपालिका जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनु भएको छ । गुन्डूस्थित साना किसान सहकारी संस्थाको आठौ वार्षिक साधारण सभाको उद्घाटन गर्नुहुँदै मेयर थापाले सूर्यविनायक नगरभित्रका कृषकको हितार्थ भरपूर सहयोग गर्न तयार रहेको बताउनु भएको हो ।

No description available.

‘विविध स्रोतहरु खोजेर भएपनि सहकारी मार्फत नगरपालिका कृषकहरुको घर दैलोमा सेवा पुर्याउन तयार छ’, मेयर थापाले भन्नु भयो, ‘साना किसान कृषि सहकारीले कृषक र विपन्न वर्गको हितार्थ काम गरेकोमा नगरपालिका खुसी छ । नगरले गर्ने सहयोग सधै रहीरहनेछ ।’  आफूले स्थानीय संघसंस्थालाई बढी नै प्राथमिकता दिने गरेको बताउनु भयो ।

No description available.

संस्थाका अध्यक्ष अम्बिका भण्डारी बस्नेतको सभापतित्वमा सम्पन्न  कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रवक्ता तथा वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले पनि सम्बोधन गर्नु भएको हो ।

No description available.


प्रकाशित | ९ आश्विन २०७९, आईतवार १२:३५