सरकार ! अब त चेतौं, परीक्षणको दायरा फराकिलो बनाऔँ : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन कुमार थापाले सरकारलाई कोरोना परीक्षणको दायरा फराकिलो बनाउन आग्रह गर्नुभएको छ । नेता थापाले सामाजीक सञ्जालमार्फत सरकारलाई सुझाव दिनुहुँदै कोरोना परीक्षणको दायरा फराकिलो बनाउन आग्रह गर्नुभएको हो ।

एकै पटक तीन जनामा कोरोना संक्रमण देखिएपछि नेता थापाले भन्नुभएको छ, ‘हामीले निरन्तर भनिरह्यौँ, संक्रमणको चेन तोड्न परीक्षणको दायरा बढाऔँ, संक्रमितको सम्पर्कमा रहेकाको खोजी गरौँ, अलग राखौँ र लक्षण नदेखिए पनि परीक्षण गरौँ। आज १ जना स्थानीयमा संक्रमण भेटिएको छ। सरकार । अब त चेतौं। परीक्षणको दायरा फराकिलो बनाऔँ, परीक्षणको गति र संख्या बढाऔँ।’


प्रकाशित | २२ चैत्र २०७६, शनिबार १७:३७