विद्यार्थीलाई आजबाट खोप दिन सुरु गरिने

काठमाडौँ । विश्वविद्यालयका विभिन्न संकाय र तहमा परीक्षा दिने विद्यार्थीलाई आजैदेखि खोप दिन सुरु गरिने सरकारले जनाएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका खोप शाखाका अनुसार झण्डै ६० हजार विद्यार्थीलाई खोप दिने गरी तयारी भएको छ । सबै स्वास्थ्य निर्देशनालय, प्रदेश तथा जिल्ला स्वास्थ्य कार्यालयहरुलाई खोपको व्यवस्था गर्न भनिएको र काठमाण्डौमा आजदेखि विद्यार्थीलाई खोप लगाउन सुरु गरिने छ ।

खोप लगाउने विद्यार्थीले अनिवार्य रुपमा प्रवेश पत्र साथमा लैजानु पर्नेछ । त्रिविले अहिले स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन गरिरहेको छ भने अरु विश्वविद्यालयका पनि परीक्षा सञ्चालन भैरहेका छन् । नेपालमा अहिलेसम्म २८ लाख ८८ हजार ३ सय ६० जनाले कोरोनाविरुद्ध पूर्णखोप लगाएका छन् ।


प्रकाशित | २८ श्रावण २०७८, बिहीबार ०९:५७