कोरोना भाइरस सम्बन्धी जनचेतना फैलाउन एनआरएनए स्वास्थ्य समितिको लाईभ अन्तरक्रिर्या

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए )स्वास्थ्य समितिले महामारीको रुप लिएको कारोना भाइरस  सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले एक फेसबुक लाईभ कार्यक्रम सम्पन्न गरेको छ ।

नेपालिज एसोसियन इन साउथ इष्ट अमेरिका ( नासा ) को सक्रियतामा आयोजित जनचेतना सम्बन्धी लाईभ कार्यक्रममा करिव सात हजार नेपालीले विश्वका विभिन्न कुनाबाट अन्र्तक्रिया कार्यक्रममा सहभागि भएको स्वास्थ्य समिति संयोजक सञ्जिव सापकोटाले जानकारी गराउनुभयो ।

संयोजक सापकोटाका अनुसार गैर आवासीय नेपालीमा कोरोना भाईरस भनेको के हो ? यो कसरी सर्न सक्छ ? र यसबाट बच्न के कस्तो सतर्कता अपनाउन सकिन्छ भन्ने विषयमा जानकारी दिने तथा सचेतना गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

लाईभ कार्यक्रममा नेपाल सरकार स्वास्थ्य मन्त्रालयमा कार्यरत डा. श्रवण कुमार मिश्र, अमेरिकाबाट मेडिकल कन्सलटयान्ड डा. लक्ष्मण पोखरेल, ल्याब विशेषज्ञ डा. बोधराज आचार्य, डा. सञ्जिव सापकोटा लगायत विज्ञहरुले अन्र्तक्रिया कार्यक्रमा राखिएका जिज्ञासा बारेमा प्रष्ट्याउनु भएको थियो ।

कार्यक्रममा नासाका अध्यक्ष विनय अर्याल, स्वास्थ्य समितिका सहसंयोजक सत्य चौधरी, एनआरएनए अमेरिका पर्यटन समितिका संयोजक जंगबुगोलेलगायतले धारणा राख्नुभएको थियो । कार्यक्रमको लाईभ भिडियो जस्ताको तस्तै,


प्रकाशित | १५ फाल्गुन २०७६, बिहीबार २१:५१