वागमतीको सभामुखमा राप्रपा महामन्त्री भुवन पाठक विजयी

हेटौँडा: वागमती प्रदेश सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय महामन्त्री भुवन पाठक निर्वाचित हुनु भएको छ ।

पाठकले सत्ता गठबन्धनबाट उम्मेदवार पाठकले नेपाली कांग्रेसका उम्मेदवार शिवराज अधिकारीलाई पराजित गर्नु भएको हो । सभामुख भएका पाठक समानुपातिक तर्फका सांसद हुनुहुन्छ ।

पाठकले ६२ मत ल्याउँदा अधिकारीले ३६ मत मात्र प्राप्त गर्नुभयो । सभामुखका अर्का उम्मेदवार नेपाल मजदुर किसान पार्टीकी सृजना सायजूले ३ मत प्राप्त गर्नुभयो । उता नेकपा एकीकृत समाजवादीले भने कसैलाई पनि मत हालेन ।

वागमती प्रदेशमा कुल ११० सांसदमध्ये ज्येष्ठ सदस्यबाहेक १०८ जनाले मतदानमा सहभागिता जनाएका थिए । नेपाली कांग्रेसका एकजना प्रदेशसभा सांसद मतदानमा अनुपस्थित भएका थिए ।


प्रकाशित | २९ पुष २०७९, शुक्रबार १४:४५