कुलमानले लिए ४ वर्षको नियुक्तिपत्र

काठमाडौं – सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरिएको छ ।  कुलमानले प्राधिकरणबाट विदा भएको झण्डै ११ महिनापछि पुनः दोस्रो कार्यकालका लागि बुधबार नियुक्ति पाउनु भएको हो ।

उर्जा जलस्रोत तथा सिँचाइ उर्जामन्त्री पम्फा भुसालले घिसिङलाई ४ वर्षे नियुक्तिपत्र प्रदान गर्नु भयो । । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको थियो ।

एक वर्षअघि उहाँको कार्यकाल सकिएको थियो । तर तत्कालीन केपी ओली सरकारले उहाँलाई पुन: नियुक्ति  दिएको थिएन । कुलमान ​दैनिक १४ घण्टे लोडसेडिङ अन्त्य गरेर जनतामाझ लोकप्रिय हुनुहुन्छ ।


प्रकाशित | २७ श्रावण २०७८, बुधबार १४:०२