खानेपानीको सुविधा शत प्रतिशत जनतामा पुर्याउन सरकार लागिपरेको छ : मन्त्री मगर

काठमाडौं : खानेपानी मन्त्री बिना मगरले सन् २०३० सम्ममा प्रशोधन सहितको खानेपानीको सुविधा शत प्रतिशत पुर्याउन सरकार लागिरहेको बताउनुभएको छ । सरकारसँग दीगो विकासका लक्ष्यहरु पुरा गर्नुपर्ने दायित्व रहेकाले साही अनुसार मन्त्रालय अगाडि बढिरहेको मन्त्री मगरको भनाइ छ ।  तारकेश्वर नगरपालिका अन्तर्गत गोलढुंगामा घट्टेपाखा खानेपानी ट्यांकीको आज मंगलबार शिलान्यास गर्नुहुँदै मन्त्री मगर भन्नुभयो, प्रशोधन सहित खानेपानीको पहुँच पुर्याउन धेरै लगानी गर्नुपर्ने आवश्यकता भएकाले हामी योजना बनाएर अघि बढिरहेका छौं ।

मन्त्री मगरले जनतालाई मालिक बनाउन खानेपानीको क्षेत्रमा सहलगानी मोडालिटीमा आयोजनाहरु अघि बढाइएको बताउनुभयो । खानेपानीमा जनताको प्रत्यक्ष सहभागिता गराएर मात्रै आयोजनाहरु अघि बढाउँदा समयमै काम सकिने र सफल हुने उहाँको भनाई छ । ‘जनताले आफैं लगानी गरेको आयोजनाहरु सफल भएका छन् । सरकारको ७० प्रतिशत र जनताको ३० प्रतिशत लगानीमा आधारित आयोजनाहरु अगाडि बढाउन लागिपरको छ, उहाँले भन्नुभयो ।


प्रकाशित | ३ बैशाख २०७६, मंगलवार १६:०८