ग्रानडासँग बार्सिलोना स्तब्ध !

एजेन्सी : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले स्तब्धपुर्ण नतिजा ब्यहोरेको छ । शनिबार राति भएको खेलमा ग्रानडासंग बार्सिलोना २–० गोल अन्तरले पराजित भएको छ । घरेलु मैदानमा ग्रानडाले दोस्रो मिनेटमा रोमन अजिजको हेड गोलबाट अग्रता लिएको थियो । ६६ औ मिनेटमा अल्भारो भाडिलोले पेनाल्टीमा गोल गर्दै टोलीको जित निश्चित गरेका थिए ।

दोस्रो हाफमा बार्सिलोनाका प्रशिक्षक इर्नेस्टो भाल्भर्डेले लियोनल मेस्सी र अंशु फातीलाई मैदानमा उतारेका थिए । तर दुई महत्वपुर्ण खेलाडी मैदान उतारेपनि बार्सिलोनाले हार टार्न सकेन । बार्सिलोनाले पछिल्ला २५ बर्षमा सिजनको खराब सुरुवाती गर्ने क्रममा तालिकाको सातौ स्थानमा रह्यो । बार्सा क्लब शीर्ष स्थानको ग्रानडा भन्दा तीन अंकले पछाडी छ ।

एट्लेटिको मड्रिडले सेल्टा डी भिगोसंग गोल रहित बराबरी खेल्दै शीर्ष स्थानमा उक्लिने मौका गुमायो । स्पेनिस लिगको नवप्रवेशी क्लब ग्रानडा बार्सिलोनालाई हराउँदै स्पेनिस लिगको शीर्ष स्थानमा उक्लिएको छ ।  ग्रानडाले ५ खेलबाट १० अंक बटुलेका छ । बार्सिलोना ७ अंक सहित तालिकाको सातौ स्थानमा छ ।


प्रकाशित | ५ आश्विन २०७६, आईतवार १०:१५