नेक्सस एकेडेमीले भब्य रुपमा मनायो अभिभावक दिवस

काठमाडौं: काँडाघारीमा रहेको नेक्सस ईन्टरनेशनल एकेडेमीको १७ औं अभिभावक दिवस भब्य रुपमा सम्पन्न गरेको छ । एकेडेमीको प्रांगणमा शुक्रबार आयोजना गरिएको कार्यक्रम भब्य रुपमा सम्पन्न गरिएको हो ।

वार्षिकोत्सवको पूर्व सन्ध्यामा मनाइएको अभिभावक दिवसको अवसरमा बालबालीकाले आर्कषक सांस्कृतिक प्रस्तुति गरेका थिए । जसले कार्यक्रम निकै रोमाञ्जक बनेको थियो । कार्यक्रमको अन्तिममा निकै सन्देशमूलक नाटक समेत प्रस्तुत गरिएको थियो ।

अभिभावक दिवसकै अवसरमा विभिन्न बालबालीका तथा विद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियो । सो अवसरमा सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि प्याप्सनका केन्द्रीय अध्यक्ष डीके ढुंगानाले नेक्सस एकेडेमीले शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएकोमा खुसी ब्यक्त गर्नुभयो ।

एकेडेमीका फाउन्डर पिन्सिपल आरके कटुवालले अभिभावकले दिने स-साना सुझावलाई ग्रहण गर्दै अगाडि बढिरहेको बताउनुभयो । स्कुलले विद्याथीको शैक्षिक उपलब्धीलाई मात्र ध्यान नदिई खेल्दै सिक्ने र सिक्दै खेल्ने वातावरण पनि बनाएको बताउनुभयो ।

This image has an empty alt attribute; its file name is IMG_3749-1024x683.jpg

साथै स्कूलले अतिरिक्त क्रियाकलपमा जोड दिएर विद्यार्थीको ब्यक्तीत्व विकासमा लागिपरेको जानकारी गराउनुभयो । उहाँले अत्याधुनीक सुविधा सम्पन्न भवन निर्माण सम्पन्न गर्दै शनिबार वाषिर्कोत्सवको अवसर पारेर पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीद्धारा उद्घाटन हुन लागेको बताउनुभयो ।

भीम बहादुर कटुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिनामंगल सेवा समाजका महासचिव किरण खनाललगायत अन्य विभिन्न शैक्षिक क्षेत्रका ब्यक्तीत तथा अभिभावकहरुको पनि बाक्लो सहभागिता रहेको थियो ।


प्रकाशित | २६ फाल्गुन २०७९, शुक्रबार २१:१९