‘भिजिट नेपाल -२०२०’ सफल बनाउन मकाउमा ‘एभरेष्ट हाइकिङ’ (फोटोफिचर )

मकाउ : भिजिट नेपाल २०२० सफल बनाउने उद्देश्यले मकाउमा ‘एभरेष्ट हाइकिङ’ भब्य रुपमा सम्पन्न भएको छ । मकाउमा आइतबार ‘एभरेष्ट हाइकिङ’ कार्यक्रम भब्य रुपमा भएको हो । नेपाली महावाणिज्य दुतावास हङ्कङ मकाउ र गैर आवासीय नेपाली संघ मकाउको संयुक्त आयोजनामा भएको ‘एभरेष्ट हाइकिङ’ कार्यक्रम महावाणिज्यदुत कमल प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

  कार्यक्रममा सहायक महावाणिज्यदुतावासका अधिकारीहरु, एनआरएन हङ्कङ अध्यक्ष टिका गुरुङ, एनआरएन मकाउका पूर्व अध्यक्ष एवं चेम्बर अफ कर्मसका अध्यक्ष सुदर्शन थापा मागर, एनसिसी हङकङका उपाध्यक्ष निरञ्जन गुरुङ, शेर्पा समाज मकाउका अध्यक्ष आंग गेल्जेन शेर्पा, किरात मकाउका अध्यक्ष भीम विक्रम राई, नेपाली जनसम्र्पक मकाउका उपाध्यक्ष चण्डी योंग्गा, तामाङ घेदुङ्गका उपाध्यक्ष कल बहादुर तामाङ, डिएक्सएन मकाउका अध्यक्ष मिलन श्रेष्ठ, एनआरएन मकाउका पूर्व महासचिव एवंम प्रवासी मञ्चका पूर्व वरिष्ठ उपाध्यक्ष कृष्ण अधिकारी, एनआरएन मकाउका पूर्व कोषाध्यक्ष उद्धव कुँवर, स्टारवोर्ल्ड क्यासिनोका मेनेजर ओम प्रसाद गुरुङ, एनआरएन हङकङका कार्यसमिति सदस्य मिलन गुरुङ, हङकङ नेपालका सम्पादक अम्बु गुरुङलगायत विभिन्न संघसंस्थाको बाक्लो सहभागिता थियो ।

एनआरएनए मकाउ अध्यक्ष शान्तिदेवी अधिकारीका अनुसार पर्यटन प्रबर्द्धन गर्ने उद्देश्य सहित पर्यटन बर्ष २०२० सफल बनाउन आयोजना गरिएको कार्यक्रममा बोल्ने वक्ताहरुले नेपालको पर्यटन प्रबद्र्धनमा जोड दिनुभएको थियो ।


प्रकाशित | ८ असार २०७६, आईतवार १८:२७