एनआरएनए मध्यपूर्वको क्षेत्रीय उप-संयोजकमा लाल प्रसाद पुनको उम्मेदवारी घोषणा

बहराईन – गैर आवासीय नेपाली संघ (एनआरएनए) को मध्यपूर्व क्षेत्रीय उप-संयोजक पदमा बहराईनबाट लाल प्रसाद पुनले उम्मेदवारी घोषणा गर्नु भएको हो ।

हाल आइसिसी सदस्य रहनु भएको पुनले आगामी कार्यकालको लागि अक्टोवरमा हुने निर्वाचनमा उप-संयोजकमा उम्मेदवारी घोषणा गर्नु भएको हो ।

पुनले एनसिसी बहराईनमा सचिव, उपाध्यक्ष, अध्यक्ष हुँदै आइसिसी सदस्यको जिम्मेवारी निर्वाह गरिसक्नु भएको छ ।

पुनले उम्मेदवारी घोषणा गर्दै भन्नु भएको छ, ‘आफ्नो झन्डै दुई दशकको अनुभवलाई पुन सेवामा समपिर्त गर्नको लागि गैर आवासीय नेपाली संघको आउँदो कार्यकालको लागि मध्यपुर्व क्षेत्रीय उपसंयोजकमा आफ्नो उम्मेद्बारीको घोषणा गरेको हुँ मेरो उम्मेदवारी मेरो ब्याक्तिगत मात्र नभएर मध्यपुर्वका सम्पुर्ण श्रमिकहरुको हो भन्ने भावनाका साथ हजुरहरु सबैको सहयोग,सद्भाव र आत्मियता पाउने छु भन्ने कुरोमा आशावादी छु।’

यस्तो छ अपिल

आदरणीय मध्यपुर्वमा कार्यरत दाजुभाई दिदीबहिनीहरु सबै जनामा नमस्कार ।

हजुरहरुको सहयोग अपरिहार्य छ।

झन्डै दुई दशक बिदेशी भुमिमा आफ्नो रोजगारी बाट बचेको समयलाई सामाजिक र मानवीय सेवा प्रती लगाउदै आई रहेको छु।यसै क्रममा बहराईनमा स्थापित विभिन्न संघ,सस्थामा आबद्ध भैई एक दुई वटा सस्थाको कुशल नेतृत्व समेत निर्वाह गरि सकेको कुरो यहाँ हरु सबैलाई अवगत छदैछ।

गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद् बहराईनमा 2013/15 को कार्यकालको लागि सचिव पदमा निर्वाचित भए देखि उपाध्यक्ष ,अध्यक्ष हुँदै आई सि सि सदस्य सम्म आई पुग्नको लागि यहाँ हरुले म प्रती गर्नु भएको सहयोग,भरोसा र सहानुभूतिको ॠणी छु।

देशको अर्थतन्त्रमा मात्र होईन,आन्तरिक पर्यटन देखि देशमा आई पर्ने दैवीप्रकोपमा अहम् भुमिका निर्वाह गर्ने हामी मध्यपुर्वका श्रमिकहरुका आधारभुत आवश्यकता देखि रोजगारीमा बिदेश जांदा होस वा स्वदेश फिर्ता आउदा होस् हामीलाई विभिन्न कार्यलयमा गरिने भेदभाव पुर्ण व्यबहार बाट तपाईं हामी सबै भुक्तभोगी छौ।जब सम्म नेपाल सरकारले मध्यपुर्वमा कार्यरत श्रमिकहरुको समस्यालाई राष्ट्रिय मुद्दाको रुपमा ग्रहण गर्दैन तब सम्म हाम्रो समस्याको समाधान हुदैन भन्ने मेरो बुझाई छ।यसको लागि तपाईं हामी सम्पुर्ण श्रमिक एक हुन आवश्यक छ।
खुकुरीको पीडा अचानोलाई मात्र थाहा हुने हुंदा मध्यपुर्वका श्रमिकहरुको समस्या र पीडा त्यसलाई थाहा छ जो अझै पनि हजारौं श्रमिक हरुको बिच आफ्नो श्रम गरि रहेको छ।म आफू पनि बिशुद्ध श्रमिक भएको कारण मलाई मध्यपुर्वमा कार्यरत दाजुभाई दिदीबहिनीको समस्या राम्रो सग थाहा हुनुको साथै आफै पनि भुक्तभोगी छु।

आफ्नो झन्डै दुई दशकको अनुभवलाई पुन:यहाँहरुको सेवामा समपिर्त गर्नको लागि गैर आवासीय नेपाली संघको आउदो 2021/23 कार्यकालको लागि मध्यपुर्व क्षेत्रीय उपसंयोजकमा आफ्नो उम्मेद्बारीको घोषणा गरेको छु। मेरो उम्मेदवारी मेरो ब्याक्तिगत मात्र नभएर मध्यपुर्वका सम्पुर्ण श्रमिकहरुको हो भन्ने भावनाका साथ हजुरहरु सबैको सहयोग,सद्भाव र आत्मियता पाउने छु भन्ने कुरोमा आशावादी छु।
जय एनआरएनए।

लाल प्रसाद पुन

आई सि सि सदस्य, बहराईन

तथा मध्यपुर्व क्षेत्रीय उपसंयोजक

उमेदवार


प्रकाशित | २६ श्रावण २०७८, मंगलवार २०:२८