एसकाजमा शंकर खनालको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौं – संखुवासभा काठमाडौं जर्नालिस्ट एसोसिएशन (एसकाज) अध्यक्षमा शंकर खनाल पुन सर्वसम्मत चयन हुनु भएको छ । एसकाजको दशौं साधारण सभाले खनालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा उद्धव भट्टराई, महासचिवमा दिपेश श्रेष्ठ, सचिवमा द्वारिका काफ्ले र कोषाध्यक्षमा सुनिता पोख्रेल रहनु भएको छ । निर्वाचन समितिका संयोजक दिपेन्द्र वान्तवाका अनुसार १५ सदस्यीय कार्यसमितिमा सबै पदाधिकारी र सदस्य सर्वसम्मत चयन भएको हो ।

कार्यसमिति सदस्यहरुमा क्रमश निमेशजंग राई, फडिन्द्र दाहाल, भीम देवान, सीता गिरी, कुलचन्द्र विष्ट, चन्द्र फुयाँल, रेवन दाहाल, संगीता घिमिरे, आशिष राई र पर्वत विश्वकर्मा चयन हुनु भएको छ । 

निवर्तमान अध्यक्ष हेमन्त गौतमले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना ब्यक्त गर्नु भयो।

साधारण सभाले कोषाध्यक्ष र महासचिवद्वारा प्रस्तुत गत दुई आर्थिक वर्षको आर्थिक तथा प्रगति प्रतिवेदनलाई समेत पारित गरेको छ । २०६८ सालमा स्थापित एसकाज संखुवासभाबाट काठमाडौं आई पत्रकारिता गरिरहेका पत्रकारहरू आवद्ध संस्था हो ।


प्रकाशित | २३ श्रावण २०७८, शनिबार १२:२०