एनआरएनए जाम्बियामा पोषण राज बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन

लुसाका, जाम्बिया – गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिती जाम्बियाको अध्यक्षमा पोषण राज बस्नेत सर्बसम्मत चयन हुनु भएको छ । आगामी कार्यकालको लागि बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

निर्वाचन पर्यवेक्षक एबम संघका संरक्षक बिदुर खनालका अनुसार उपाध्यक्षमा रोजनराज घिमिरे, महासचिवमा भिमबहादुर बम, सचिवमा महेश्वर कुमार ठाकुर, कोषाध्यक्षमा दीपक सिंह, युवा संयोजकमा बिवेक प्रताप सिंह, महिला संयोजकमा दीपा भण्डारी चयन हुनु भएको छ ।

त्यस्तैगरि, सदस्यहरूमा मनिषा मुल्मी, रवीलाल पाण्डे, नीम बलायर, हेमाङ्ग लामा र ईश्वर भुषाल निर्वाचित हुनु भएको छ ।


प्रकाशित | २० श्रावण २०७८, बुधबार १२:१४