‘डान्सिङ विथ दि स्टार’ को प्रशारण शूरु

काठमाडौँ : विश्वकै नम्बर १ डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स’को नेपाली संकरण ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को प्रशारण शूरु भएको छ । हिमालय टेलिभिजनमा आज बेलुकी ८ बजेपछि यो शोको प्रिमियर शूरु भएको हो ।

उक्त शोमा कलाकार, खेलाडी, गायक–गायिकाको प्रस्तुति दर्शकले हेर्न पाउनेछन् । आजको प्रिमियरमा शोमा नायक राजेश हमालको उपस्थिती रहने छ । यो शोको निर्णायकमा नायक दिलिप रायमाझी, नायिका गौरी मल्ल र कोरियोग्राफर रेनशा वान्तवा राई छन् ।

शोमा सेलिब्रिटीहरु फुटबल खेलाडी हरि खड्का, लोकगायिका ज्योती मगर, कलाकार प्रशान्त ताम्राकार, गायक बुद्ध लामा, कलाकार रक्षा श्रेष्ठ, हाँस्य कलाकार उमेश राई, नायिका सुमी मोक्तान लगायत रहेन छन ।

यो शो हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजे प्रशारण हुने हिमालय टेलिभिजनले जनाएको छ ।


प्रकाशित | २ आश्विन २०७७, शुक्रबार २०:२२