एनआरएनए हङकङलाई २ कार्यकाल हाँकेकी टिका गुरुङ, नेतृत्वमा अब्बल सावित

सुनिता पोख्रेल

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् हङकङमा २ कार्यकाल महिला नेतृत्वमय भयो । अधिकांश नेतृत्व तहमा पुरुषहरु हाबी भइरहदा एनआरएनए हङकङ भने लगातार २ कार्यकाल टिका गुरुङ (राधिका) को नेतृत्वमा अघि बढ्यो ।

सदैव समाजसेवा गर्न अग्रसर रहने टीका गुरुङ एनआरएनए हङकङमा आबद्ध हुनु पूर्व पनि समाजसेवामा सक्रिय उपस्थिती जनाउनु हुन्थ्यो । एनआरएनए हङकङमा साधारण सदस्यबाट उपस्थिति जनाउनु भएकी टिका  गुरुङले विभिन्न पद हुँदै (२०१७–२०१९ ) र (२०१९–२०२१) मा लगातार अध्यक्ष भएर नेतृत्व तहमा महिला पनि अब्बल छन् भन्ने उदाहरण पेश गर्नु भयो ।

टिका गुरुङले एनआरएनए हङकङको छैठौ अधिवेशन (२०१७–२०१९) र सातौ अधिवेशन (२०१९–२०२१) को कार्य समितिको दुई कार्यकाल अध्यक्ष पदमा रहेर नेतृत्व सम्हाल्नु भयो ।

एनआरएनए हङकङमा यसरी सुरु भयो यात्रा

२००६–२००९ साधारण सदस्य

२००९–२०११ कार्यसमिति सदस्य

२०११–२०१३ महिला संयोजक तथा कोषाध्यक्ष

२०१३–२०१५ वरिष्ठ उपाध्यक्ष

२०१५–२०१७ अधिवेसनमा अध्यक्ष पदको प्रत्यासी तथा सल्लाहकार

२०१७–२०२१ अध्यक्ष

चुनावताका गरेका प्रतिबद्धताहरुले कत्तिको सार्थकता पाए ?

हुन त चुनावताका गरेका कतिपय प्रतिबद्धताहरु कागजमै सिमित हुने गरेका उदाहरणहरु हामीले प्रशस्तै देखेका छौ । त्यसैले त अधिकांश नेतृत्व तहमा पुगेकाहरुले ताली भन्दा गाली खाने गर्दछन् । अर्को तर्फ नेतृत्व तहमा महिला आउन सक्दैनन् र आईहाले पनि कार्यभार सम्हाल्न सक्दैनन् भन्ने मानसिकताले अझै पनि हाम्रो समाजमा प्रश्रय पाइरहको छ । तर टिका गुरुङ जबरजस्त निस्किनु भएको छ । लगातार २ कार्यकाल सम्हाल्दा वा ४ वर्ष नेतृत्व तहमा बसेर काम गर्दा उहाँले चुनावताका अघि सार्नु भएका अधिकांश प्रतिबद्धताहरु पूरा गर्न सफल हुनु भयो । समय अनुकुल हुँदो हो त आफुले आँटेका र भाकेका कुनै पनि काम बाँकी रहने थिएनन् । समय नै ठप्प भएपछि कस्को के नै लाग्यो र ? कोभिडका कारण विश्व नै अस्तव्यस्त बनिरहदा एनआरएनए हङकङका पनि केही कामहरु पक्कै प्रभावित भए तथापी उहाँले आफ्नो जिम्मेवारी र दायित्व कु्शलतापूर्वक निर्वाह गर्नु भयो । कुनै पनि संस्थाको नेतृत्वमा रहेर काम गर्दा संस्थालाई थप उचाई दिनु नेतृत्वकर्ताको सफलताको सूचक मानिन्छ । वास्तवमै ४ वर्ष नेतृत्वमा बसेर काम गर्दा टीका गुरुङले एनआरएनए हङकङलाई नयाँ उचाईमा पुर्याउन सफल हुनु भयो ।

पहिलो कार्यकाल (२०१७–२०१९) को अवधिमा भएका महत्वपूर्ण कामहरु

१) एनआरएनए हङकङलाई पूर्ण समितिमा अध्यावधिक गराउन सफल

२) संस्थाको आर्थिक कारोबार पारदर्शिताका लागि संस्थाको बैंक अकाउन्ट खोल्न सफल

३) आठौं अन्तराष्ट्रिय महाधिवेशनमा हङकङबाट ७५ जनाको प्रतिनिधि सहभागिता र एनसीसी हङकङको महत्वपूर्ण उपस्थित तथा महत्वपूर्ण भूमिका निर्वाह

४) हङकङमा काम गर्ने भिसा खुल्ला गर्नका लागी नेपाल सरकारसँग पहल र सरकारलाई सुझावपत्र हस्तान्तरण

५) नेपालका बाढीपहिरो पीडितको सयोगार्थ रू ५००००० (पाँच लाख) सहयोग

६) संस्था स्थापना भएको १४ बर्षको अवधिमा प्रथम पटक एनआरएनए हङकङको आयोजनामा छैटौ एशिया प्यासिफिक क्षेत्रीय सम्मेलन २०१८ गराउन सफल

७) प्रथम एशिया प्यासिफिक महिला क्षेत्रीय सम्मेलन गराउन सफल

दोस्रो कार्यकाल (२०१९–२०२१) मा गरिएका महत्वपूर्ण कार्यहरू

१)२०१९ –२०२१ नवौ एनआरएन अन्तर्राष्ट्रिय महाधिवेसनमा १०३ जना प्रतिनिधि सम्मेलनमा सहभागी गराउन सफल

२) एनआरएएन हङकङको अगुवाईमा नवौ अन्तर्राष्ट्रिय महाधिवेशनमा एशिया क्षेत्रबाट बिभिन्न पदमा उम्मेदवारी दिनेहरुलाई एसीयाको बैठक तथा अग्रिम शुभकामना दिने कार्यक्रम गराउन सफल

३) नेपाल भ्रमण बर्ष २०२० लाई प्रवद्र्धन गर्न हङकङको प्रमुख पर्यटकीय शहरहरूमा भ्रमण बर्ष २०२० को टिसर्ट प्लेकार्ड र जातीय झाँकी सहित शहर परिक्रमा गरि कार्यक्रम सम्पन्न गर्न सफल

४) हङकङमा रहने नेपालीहरुको आवश्यकताका बिषयमा नेपाल सरकारको सम्बंधित निकायका मन्त्रालयहरूमा अनुरोध पत्र बुझाऊन सफल

नेपाल सरकारका सम्बन्धित निकायहरू

१) नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)संग भेट गरि गैर आवासीय नेपालीहरूलाई वालिक अधिकारको व्यवस्था गरिदिनु हुन अनुरोध
२) तत्कालीन परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीसंग भेट गरि रोजगार भिसा खुल्ला तथा हङकङमा कुनै नेपाली बैंक स्थापना हुन चाहेमा सहजीकरणका लागि अनुरोधपत्र हस्तान्तरण

३) तत्कालीन पर्यटनमन्त्री योगेश भट्टाराईसंग भेट गरि नेपाल एयरलाईन्सको हवाई भाडादर कम गर्न र हङकङ अन्तराष्ट्रीय एयरपोर्टको नेपाल एयरलाइन्सको काउन्टरहरूबाट अन्य व्यक्ति हटाउन र नेपाल एयरलाइन्सबाट हङकङ ट्रान्जिट हुने यात्रु हरूलाई ट्रान्जिट भिसा सहजीकरण गराउन अनुरोध पत्र हस्तान्तरण

४) तत्कालीन महिला तथा जेष्ठ नागरिक तथा बालबालिका मन्त्री पार्वत गुरुङसँग भेट गरि नेपालका दुर्गम क्षेत्रका विपन्न परिवारका बालबालिका र महिलाहरूको सहयोगबारे छलफल

५) तत्कालीन श्रममन्त्री संग भेट गरि रोजÞगार भिसा खुलाउनका लागि परराष्ट्र मन्त्रालयसंग सहकार्य गरि नेपाल सरकार र हङकङ सरकारको सरकारी बैठक तय गर्नका लागि अनुरोध

६) तत्कालीन अर्थमन्त्री युवराज खातीवड़ासंग भेंट गरि हङकङबाट अवैधानिक रूपमा गईरहको रकÞमहरू वैधानिक हिसाबमा जानु पर्ने नियममा कडा हुनु पर्ने अनुरोध पत्र हस्तान्तरण

७) नागरिकता निरन्तरताको सम्बन्धमा सम्बन्धित निकायसंग भेट गरि विशेष पहल

५) कोभिड–१९ का कारण हङकङमा माक्सको अभाव रहँदा संस्थाकोतर्फ बाट ७००० पिस माक्स र सेनेटाईजर निःशुल्क वितरण

६) नेपालमा पहिलो चरणको कोभिड–१९ संक्रमणलाई नेपाली आठ लाख बराबरीको स्वास्थ्य सामाग्री एनआरएएन आईसीसी मार्फÞत नेपाल सरकारलाई हस्तान्तरण

६) नेपालमा भएको लकडाउनका कारण कÞरीब दुई हजार नेपालीलाई हङकङ फर्कन फ्लाईटको व्यवस्था गराई उद्धार

७) जुलाई २०२० मा हङकङ सरकारमा रहेका राजनीतिक पार्टी बाट १०००० (दस हजार पिस) माक्स उपलब्ध गराई नेपाली समुदाय वितरणलाई हस्तान्तरण

८) नोबेम्वर २०२० मा हङकङ सरकारबाट नेपाली समुदायका लागी ६० पटक धोएर लगाउन मिल्ने सीयू माक्स ६० हजार पिस वितरण

९) हङकङ स्थित नेपाली रेष्टुरेन्डमा आगालागीबाट ज्यान गुमाएका आठ नेपालीहरू र घाईते भएका ११ नेपालीहरूलाई एनआरएएन हङकङको संयोजक तथा नेपाली महावाणिज्यदुतवासको संरक्षणमा नेपाल चेम्बर अफ कर्मस र आदीवासी जनजाती महासंघको सदस्यमा हङकङ ४ करोड १३ लाख ३० हजार संकलन गरि पीडितहरूलाई वितरण

१०) एनआरएनए एनसीसी हङकङले पहिलो पटक हङकङमा रहेका नेपालीहरूको आवश्यकताका बिषयमा बृहत् छलफल गरि निष्कर्षका बिषयहरू समेटेर नेपाली महावाणिज्यदुतवास समक्ष ज्ञापन पत्र हस्तान्तरण

११) नेपालमा कोरोनाको दोस्रो लहर फैलिएसंगै अक्सिजन अभावमा रहेका नेपालीहरुको लागि अक्सिजन कन्सन्ट्रेटर सहयोग

११) एनआरएएन हङकङको आठौ अधिवेसन शान्त वातावरणमा सबै पदमा निर्बिरोध हुनेगरि सम्पन्न गर्न सफल

माथि उल्लेखित बुँदाहरु केही देखीने कामहरु हुन् । एनआरएनए हङकङलाई उहाँको ४ वर्षे नेतृत्वमा हङकङ सरकारको बिभिन्न निकायहरूमा संस्थालाई हङकङका नेपाली समुदायको प्रतिनिधि मूलक संस्थाको रूपमा चिनाउन सफल हुनु भयो । अर्कोतर्फ नेपालीहरू बिचमा प्रतिनिधिमूलक संस्थाको स्थान लिन सफल हुनु आफैमा गौरवको विषय हो ।

उहाँले समाजसेवालाई आफ्नो सबैभन्दा ठूलो धर्म मान्नु भएकै कारण चार वर्ष सम्म संस्थालाई विवादरहित बनाउन सफल हुनु भयो । वास्तवमै संस्थाप्रतिको वफादारीता र झुकावकै कारण आज यो सफलता हासील भएको हो । संस्थालाई नेतृत्व दिएर ४ वर्ष कार्यकाल पूरा गर्नु पक्कै चानचुने कुरा हैन । तथापी आफ्नो हिम्मत र क्षमताले नै नेतृत्वमा महिला निकै अब्बल छन् भन्ने उहाँले प्रमाणित गरिसक्नु भएको छ । यहाँ मात्र अवसरको खाँचो छ, बाँकी महिलाहरु जुनसुकै तहतप्कामा पनि अब्बल छन् । टिका गुरुङको नेतृत्व क्षमता अझै उचाईमा पुगोस् । शुभकामना


प्रकाशित | १९ श्रावण २०७८, मंगलवार ११:१९