काठमाण्डौ: मास्क महँगोमा बेचेको वा लुकाएको पाइए ११३७ नम्बरमा खबर गर्न आग्रह गरिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले मास्क महँगोमा बेचेको वा लुकाएको पाइए ११३७ नम्बरमा खबर गर्न आग्रह गर्नुभएको हो ।
सुवेदीका अनुसार बजारमा मास्क नपाइए र पाइए पनि महँगो पर्ने गुनासो बढेपछि पैसा नलाग्ने फोन नम्बर ११३७ मा खबर गर्न वा वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा जानकारी गराउन हुन आग्रह गरिएको हो ।
उजुरीको आधारमा सरकारले अनुगमन गरी दोषी पाइए तीन लाख रुपैयाँसम्म जरिबाना तिराउने र मुद्दा चलाउने विभागले जनाएको छ । विभागका अनुसार बजारमा अनुगमन गरि मास्क लुकाएको वा बढी मूल्यमा बेचेको पाइए कारबाही गर्न पनि गर्न थालीएको भन्दै खवर गर्न आग्रह गरेको हो ।
प्रकाशित | २२ फाल्गुन २०७६, बिहीबार १६:३१