काठमाडौं – गैर आवासीय नेपाली संघ चीनको अध्यक्षमा रोहित अग्रवाल विजयी हुनु भएको छ । आगामी कार्यकाल २०२१-२०२३ को लागि अग्रवाल अध्यक्षमा विजयी हुनु भएको हो ।
अग्रवालले १०९ मत प्राप्त गरि विजयी हुनु भएको छ भने प्रतिस्पर्धी याम बहादुर क्षेत्रीले ६४ मत मात्र प्राप्त गर्नु भयो । दुई दशकदेखि चीनको दक्षिणी शहर गोन्जाउमा ब्यापार गर्दै आउनु भएका अग्रवाल एक कुशल ब्यापारी हुनुहुन्छ ।

उहाँले कार्यसमितिको सदस्यको रुपमा प्रबेश गरेर दुई कार्यकाल कोषाध्यक्ष, एक कार्यकाल उपाध्यक्ष तथा एक कार्यकाल संरक्षक जस्तो गरिमामय पदमा काम गरेर संस्थामा राम्रो अनुभब बटुल्नु भएको छ । उहाँले चुनावमा जानु एक प्रक्रिया मात्र भएको बताउँदै सबैसंग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनु भयो ।
त्यस्तै, निवर्तमान अध्यक्ष प्रदिप न्यौपाने आइसिसी सदस्यमा निर्विरोध हुनु भएको छ ।
यस्तो छ नवनिर्वाचित कार्यसमिति


यस्तो छ मतपरिणाम

प्रकाशित | १६ श्रावण २०७८, शनिबार २३:३४