एनआरएनएलाई एकताबद्ध बनाउने काममा मेरो योगदान रहनेछ : दयानिधि सापकोटा, सचिव पदका उम्मेदवार

काठमाडौँ । गैर आवासीय नेपाली संघका सचिव पदका उम्मेदवार दयानिधि  सापकोटाले एनआरएनएलाई एकताबद्ध बनाउन लागिपर्ने बताउनु भएको छ । विदेशमा बसेका सबै वर्गका नेपालीहरुलाई समान रुपमा लान सकेमात्र एनआरएनएमा एकता हुने बताउनु हुँदै सचिव पदका उम्मेदवार सापकोटाले सोका लागि आफ्नो योगदान रहने बताउनु भएको हो ।

एनआरएनए एकताको लागि विदेशमा रहेका उच्च, मध्यम र मजदुर वर्गभावनालाई समेट्दै अघि बढ्नु पर्नेमा उहाँले जोड दिनु भयो । हाल एनआरएनए युरोप उपसंयोजक रहनु भएको सापकोटाले पारदर्शी संगठन, एकताबद्ध एनआरएनए, सबल सचिवालय, जवाफदेही संस्था र गैर आवासीय नेपालीहरुको हक हित, अधिकार र प्रवर्धनका लागि विश्वभर रहेका नेपालीहरुबीच भाइचारा, आत्मियता एवं संगठनात्मक एकतालगायतका एजेन्डा अगाडि सार्नु भएको छ ।

आइसीसी सदस्य हुंदै युरोप उपसंयोजकको जिम्मेवारीबाट खारिइसक्नु भएको सालिन र स्पष्ट वक्ता सापकोटाले विश्वभरका मतदाताहरुमा यसपटक पनि साथ सहयोग गर्न अपिल गर्नु भएको छ । बागलुङमा जन्मिएर बेलायतलाई कर्म थलो बनाउनु भएका सापकोटा नेपाल अनि नेपालीका लागि योगदान गर्नु पर्छ भन्ने धारणा राख्नु हुन्छ ।

एनआरएनए अभियानमा उहाँ लामो समय देखि अनरवत रुपमा लाग्नु भएको छ ।


प्रकाशित | १ कार्तिक २०८०, बुधबार २०:५७