एनआरएनए माल्टाको अध्यक्षमा भुवन अर्याल निर्वाचित

माल्टा – गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति माल्टाको अध्यक्षमा भुवन अर्याल निर्वाचित हुनु भएको छ ।  शुक्रबार सम्पन्न निर्वाचनमा अर्यालले ३३८ मत प्राप्त गर्दै विजयी हुनु भएको हो । अर्यालको प्रतिद्वन्दी रेम्स खनालले ३०१ मत प्राप्त गर्नु भयो ।

आइसीसी सदस्यमा राजु अर्याल (बाबु) विजयी हुनु भएको छ । उहाँले ३ सय ४६ मत प्राप्त गर्नु भयो भने प्रतिद्वन्दी प्रकाश भण्डारीले ३०८ मत पाउनु भयो ।

त्यस्तै, नयाँ कार्यसमितिको उपाध्यक्षमा नबिन गिरी, नरेश खनाल, कृष्ण बहादुर पुन, महिला उपाध्यक्ष सबिता भण्डारी, युवा उपाध्यक्षमा रोहित गौतम निर्वाचित हुनु भएको छ ।

त्यस्तैगरि, महासचिवमा रोशन गिरी, सचिवमा कुलचन्द्र गौतम र रामु भण्डारी, कोषाध्यक्षमा मनोज उपाध्याय, युवा संयोजकमा रोशन आचार्य, महिला संयोजकमा बबिता अधिकारी निर्वाचित हुनु भएको छ ।

उता कार्यसमिति सदस्यहरुमा ओमलाल पाण्डे, ईशु थापा, जनक श्रेष्ठ, बिकेश घिमिरे, सुनिल रानामगर र रञ्जित गिरी निर्वाचित हुनु भएको छ । सहकोषाध्यक्ष भने यसअघि नै बिजय परियार निर्विरोध चयन हुनु भएको छ ।


प्रकाशित | १६ श्रावण २०७८, शनिबार २०:०१