श्रीलंकामा फेरि विस्फोट, रातभर कर्फ्यू, १५ को मृत्यु

एजेन्सी: श्रीलंकामा फेरि विस्फोट भएको छ । पुनः विस्फोटको समाचार आएपछि प्रहरीले कर्फ्यू लगाएको छ । शुक्रबार साँझ पुनः विस्फोट भएको समाचार सार्वजनिक भएपछि राति १० बजेदेखि बिहान ४ बजेसम्म श्रीलंकाभर कर्फ्यू लगाइएको थियो ।

गत आइतबार इस्टर सन्डे मनाइँरहँदा भएको श्रृखंलावद्ध विस्फोटमा परी २ सय ५३ भन्दा धेरैले ज्यान गुमाएका थिए । सोही शोकमा डुबेका बेला फेरि श्रीलंकाको पूर्वी प्रान्त अम्बारई भएको विस्फोटले स्थानीय त्रसित भएका छन् ।

त्यहाँ तीन विस्फोट भएको अन्तर्राष्ट्रिय सन्चारमाध्यममा उल्लेख छ । विस्फोट गराउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । घटनास्थलमा सुरक्षाकर्मीले गस्ती तथा खोजी कार्य तीब्र पारेको बीबीसीले जनाएको छ ।

त्यस्तै सीएनएनले विस्फोटपछि प्रहरीले गरेको सर्च अभियानमा दोहोरो फायरिङ हुँदा १५ जना मारिएका छन् । मारिने बिद्रोहीहरु रहेको प्रहरीको दाबी छ। आइतबारको घटनाका मुख्य योजनाकर्ता मानिएका जहरान हाशिमलाई त्यही क्षेत्रको एउटा गाउँमा भेटेको थियो । प्रहरीले अहिलेसम्म सात जनालाई फक्राउ गरी अदालतमा पेस गरेको छ ।


प्रकाशित | १४ बैशाख २०७६, शनिबार १२:४१