श्रीलङ्कामा सङ्कटकालको घोषणा

काठमाडौं : श्रीलङ्कामा भएको शृङ्खलाबद्ध विस्फोटमा परी सयौँको मृत्यु भएपछि सङ्कटकालको घोषणा गरिएको छ । राष्ट्रपति मैत्रिपाला सिरिसेनाको कार्यालयद्वारा सोमबार जारी वक्तव्यका अनुसार सोमबार रातिदेखि लागू हुनेगरी सङ्कटकाल घोषणा गरिएको हो । श्रीलङ्कामा विभिन्न स्थानमा भएका गिर्जाघर र होटेलमा आइतवार बम आक्रमण हुँदा झन्डै तीन सय जनाले ज्यान गुमाएका थिए भने पाँच सयभन्दा बढी व्यक्ति घाइते भएका छन्। थप आक्रमण हुन नदिन तथा शङ्कास्पद व्यक्तिहरूमाथि छानबिन सुरु गर्न देशमा सङ्कटकाल घोषणा गरिएको समाचारमा जनाइएको छ। हताहत भएकामध्ये कम्तीमा ३५ जना विदेशी नागरिक भएको बीबीसीले जनाएको छ ।


प्रकाशित | १० बैशाख २०७६, मंगलवार १०:२३