कोरियाबाट जुनु गुरुङको एनआरएनए आइसिसी महिला संयोजकमा उम्मेदवारी घोषणा

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) एसिया प्याशिफिक महिला फोरम संयोजक जुनु गुरुङले आइसिसी महिला फोरम संयोजकमा उम्मेदवारी घोषणा गर्नुभएको छ । आगामी अक्टोवर १५ देखि १७ सम्म काठमाडौंमा हुन लागिरहेको एनआरएनएको नवौ विश्व सम्मेलनमा जुनु गुरुङले आइसिसी महिला फोरम संयोजकमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

हाल एसिया प्याशिफिक महिला फोरम संयोजक रहनु भएको जुनुले एनआरएनए एनसिसी गठन भएका सबै देशमा महिला फोरम गठन गर्दै महिलाहरुका आवाजहरुलाई सशक्त रुपमा उठाउनका लागि महिला फोरममा उम्मेदवारी दिने तयारी गरेको बताउनुभयो ।। एनआरएनमा सवै वर्गको प्रतिनिधित्व हुनुपर्नेमा जोड दिर्दै जुनुले विश्वभरिका अग्रज महिला दिदी बहिनी तथा अग्रज एनआरएन अभियन्ताको सल्लाह र सुझाव अनुसार आइसिसी महिला फोरममा जाने निर्णय गरेको समेत बताउनुभयो ।

एसियामा धेरै देशमा महिला फोरम गठनमा सफल भएको बताउँदै एसियामा महिला फोरम अभियानलाई सफल बनाएसँगै अब विश्वभरी महिलाहरुको सञ्जाललाई विस्तार गर्नु आफनो मुख्य एजेन्डा हुने उल्लेख गर्नुभयो । एनआरएएन भनेको सबैको साझा संस्था भएको बताउँदै संस्थालाई गतिशिल र सबैको अपनत्व हुने गरि अगाडि बढाउन सबै क्षेत्रको प्रतिनिधित्व समेत सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । महिला दिदीबहिनीहरुको सबैको अवस्था एकै नभएको भन्दै आफू मध्य पूर्वमा रहनु भएका महिलाहरुको आवाजलाई पहिलो प्राथमिकता दिए अगाडि बढ्ने चर्चा गर्नुभयो ।

त्यस्तै, जुनु गुरुङले वर्तमान आइसिसी महिला फोरम संयोजक रजनी प्रधानले थाल्नुभएको राम्रा कार्य र महिलाहरुका मुद्दालाई निरन्तरता दिने र फन्ट्र कलेक्सनमा विशेष जोड दिर्दै महिलाहरुका शिक्षा, स्वास्थ्य र अन्य क्षेत्रमा कार्य गर्ने बताउनुभयो ।। साथै, जुनु गुरुङले एसिया प्याशिफिकमा हरेक देशमा महिला फोरम सशत्त र सक्रिय बन्न सफल भएकोमा खुसी ब्यक्त गर्दै त्यसको लागि सबैमा आभार समेत प्रकट गर्नुभयो ।


प्रकाशित | १२ भाद्र २०७६, बिहीबार १७:४६