उपत्यकामा ३ हजार १०७ सहित ५ हजार ७४३ कोरोना संक्रमित थपिए, २६ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ७४३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ जना पुगेको छ। पछिल्लो २४ घण्टामा २० हजार ११८ जनाको पिसिआर परीक्षण भएको छ।

पछिल्लो २४ घन्टामा २ हजार ९९६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म ९९ हजार ६०५ जना निको भएका छन्। आज देशभर ४४ हजार ४७६ जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार १०७ कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ३९१ , ललितपुरमा ५४३ र भक्तपुरमा १७३ जनालाई कोरोना संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा थप २६ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ७९१ पुगेको छ।


प्रकाशित | ५ कार्तिक २०७७, बुधबार १७:०७