मेक्सिकोमा एनआरएनएको नयाँ शाखा गठन, अध्यक्षमा कृष्ण बहादुर कार्की

न्यूर्योक- गैर आवासीय नेपाली संघ अमेरिकाज् क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठीको पहलमा मेक्सिकोमा एनआरएनएको नयाँ शाखा गठन भएको छ । भर्चुअल माध्यमबाट भएको एक भेलाले मेक्सिकोमा कृष्ण बहादुर कार्कीको नेतृत्वमा नयाँ कार्य समिती सर्बसम्मत चयन गरिएको हो ।

त्यस्तै, उतर अमेरिकी मुलुक मेक्सिकोको उपाध्यक्षमा निर्मल सशी महर्जन, महासचिवमा पूर्ण लामा, कोषध्यक्षमा नारायण प्रसाद बस्याल चयन हुनु भएको छ ।

त्यस्तैगरि, सदस्यहरुमा दिपा लामा, कल्पना तिवारी, फेड्रिक रनेश कार्की, बिनी श्रेष्ठ, मणी कुमार गौतम, रश्मी प्रभा बनिया कार्की र आईसीसी सदस्यमा बिनोद कुमार मुडबरी निर्विरोध चयन हुनु भएको छ ।

मेक्सिकोको पहिलो साधारणसभा आईसीसी प्रतिनिधि, पूर्व आईसीसी सदस्य तथा वर्तमान मानार्थ सदस्य प्रकाश सापकोटाले भर्चुअल रुपमा उद्घाटन गर्नु भएको थियो ।


प्रकाशित | १४ श्रावण २०७८, बिहीबार १०:३०