नेपालमा कोरोना संक्रमण बढ्यो, पछिल्लो २४ घन्टामा ३ हजार ८४० जनामा संक्रमण पुष्टि

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार १० हजार ८८६ जनाको पीसीआर परीक्षणमा २ हजार ६३४ जनामा र एन्टिजेन विधिबाट ४ हजार ९२२ नमुना परीक्षण गर्दा १ हजार २०६ जनामा कोरोना पुष्टि भएको हो।

दुवै विधिबाट कुल १५ हजार ८०८ नमुना परीक्षण गर्दा ३ हजार ८४० जनामा कोरोना पुष्टि भएको हो। गत २४ घण्टामा १ हजार ९९३ जना कोरोना संक्रमित निको भएका छन् भने ३३ जनाको मृत्यु भएको छ।

गत २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ८५९ जना संक्रमति थपिएका छन्। भक्तपुरमा ९४, ललितपुरमा २०६ र काठमाडौंमा ५५९ जना संक्रमित थपिएका हुन्।


प्रकाशित | १३ श्रावण २०७८, बुधबार १७:३६