एनआरएनए अध्यक्ष भट्टले गरे प्यासिफिक हस्पिटालिटीमा अर्गानिक उत्पादनका प्रदर्शनीको उद्घाटन

काठमाडौं : अष्ट्रेलियामा ब्यवसाय गर्दै आउनुभएको गणेश केसीद्धारा सञ्चालीत प्यासिफिक हस्पिटालिटी एण्ड कुलिनेरी एकेडेमीमा अर्गानिक उत्पादनका प्रदर्शनीको उद्घाटन गरिएको छ । मुलुकभर उत्पादन भएका जैविक तथा विषादी रहित तरकारी र किसानद्धारा उत्त्पादित खाद्य वस्तु बिक्री वितरण गर्नको लागि प्रदर्शनी शूरु गरिएको हो ।

मैतिदेवीस्थित प्यासिफिक हस्पिटालिटी एण्ड कुलिनेरी एकेडेमी प्रांगणामा आयोजित एक कार्यक्रमकाबीच सो प्रदर्शनीको एनआरएनए अध्यक्ष भवन भट्टले उद्घाटन गर्नुभयो । उद्घाटनसँगै अब हरेक शनिबार बिहान ८ बजे देखि २ बजे सम्म अर्गानिक उत्पादनको बिक्री वितरण केन्द्रको रुपमा प्रदर्शनी गरिनेछ ।

प्यासिफिक हस्पिटालिटी एण्ड कुलिनेरी एकेडेमीका सञ्चालका गणेश केसीका अनुसार  देशभरका उत्पादनलाई प्रदर्शनीमा राखिने बताउनुभयो । केसीका अुनसार किसानलाई प्रोत्साहीत गर्ने तथा होटल, रेष्टुरेन्ट, रिसोर्ट र घरभान्सामा अर्गानिक परिकार प्रयोग गराउने उद्देश्यले स्टल राखिएको हो ।

स्टलमा बेकरीमा परिकारहरु विभिन्न तरकारी, हरियो सागपात, फलफूल जुस, डेरीका परिकार, नेपाली कफि, हुम्लाको सिमीको दाल, मार्सी चामाल, लोकल अन्डा, विभिन्न नेपाली अचारहरु, सिस्नो पाउडर, हिमाली जडिबुटीहरु, जिम्बु, जौका, टिमुर, सातु, मह, कोदोको पिठो, फापरको पिठो, मैकको पिठो, ग्रीन टी, हर्बल टीलगायतका नेपाली भान्सामा प्रयोग हुने बस्तुहरुका साथै फूल सहितको गमला सुपथ मुल्यमा बिक्री गरिनेछ । सो कार्यक्रममा एनआरएनए कृषि प्रबद्र्धन समितिका संयोजक युवराज गुरुगं, एनआरएनए मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपाने,  अस्टोलोजर राज (एसियाको वेस्ट अस्टोलोजर ),कलाकार सरु थापा लगायतको लगायतको सहभागिता रहेको थियो ।


प्रकाशित | १४ बैशाख २०७६, शनिबार ११:५२