दिवेश पोखरेल अमेरिकन आईडलको उप विजेता बन्न सफल, अमेरिकन आईडल बनिन् जस्ट साम

न्यूयोर्क : नेपाली मुलका दिवेश पोखरेल (आर्थर गन) अमेरिकन आइडलको टप टुमा पुगेर बाहिरिएका छन् । अमेरिकन आइडल भने २१ बर्षकी जस्ट साम बनेकी छिन् । आजको समापान शोमा टप फाइभमा पुगेका उनी भोटिङमार्फत टप टुमा पुगेका थिए ।

आजको शो सुरु भएको केहीबेरमा नै भोटिङ सुरु भएको थियो । अमेरिकामा रहेका नेपालीहरुले उनलाई उत्साहका साथ भोटिङ गरेका थिए भने विश्वभरका नेपालीहरुले अमेरिकन आइडलको यो शोलाई विशेष चासोका साथ हेरेका थिए ।
अमेरिकन आइडलको समापन शोमा दिवेशको प्रस्तुती यस्तो रहेको छ ।

नेपाली युवा दिवेश पोखरेल सन् २०१४ मा अमेरिका आएका थिए । कन्सासको विचिटामा बस्दै आएका दिवेश विगत दुईबर्षदेखि संगीतको क्षेत्रमा छन् । उनी काठमाडौंको एस कलेज इन्स्च्यिुटमा व्यवस्थापनमा प्लस टु उत्तिर्ण गरेपछि अमेरिका आएका थिए ।


प्रकाशित | ५ जेष्ठ २०७७, सोमबार ०८:०९