भक्तपुरमा घुस दिन खोज्ने दुई पक्राउ

भक्तपुरः भक्तपुरमा प्रहरीलाई घुस दिन खोज्ने दुई जना पक्राउ परेका छन् । मनोहरा पुलबाट प्रहरीलाई घुस दिन खोज्ने दुई जना पक्राउ परेका हुन् । मध्यपुर ठिमी नगरपालिका–२ पेप्सी मनोहरा पुलस्थित सडकमा चेकिङ गर्ने क्रममा प्रहरीलाई घुस दिन खोज्ने बा ४ ख ७११० नम्बरको बसका चालक र सहचालकलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बस चालक भक्तपुर खरिपाटीका ३१ वर्षीय रुपेश कार्की र सहचालक सोही ठाउँका २० वर्षीय महेश खनाल रहेका हुन् । यात्रुबाहक बसको कागजात जाँच गर्ने क्रममा बसका सहचालकले बस चलाई ल्याएको फेला परेपछि कारबाही गर्न खोज्दा २ सय ५० रुपैयाँ घुस दिन लागेकाले उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त ठिमीले जनाएको छ ।


प्रकाशित | २२ बैशाख २०७६, आईतवार ०८:०३