एनआरएनए पोल्याण्डको अध्यक्षमा जीवन केसी विजयी (मतपरिणामसहित)

पोल्याण्ड । गैर आवासीय नेपाली संघ (एनआरएनए) पोल्याण्डकोे अध्यक्षमा जीवन केसी विजयी हुनु भएको छ । सोमबार भएको निर्वाचनमा अध्यक्ष पदमा केसी विजयी हुनु भएको हो । केसीले आफ्ना निकटतम प्रतिस्पर्धी मित्रलाल पार्देलाई पराजीत गर्नु भएको हो । केसीले २१९ मत प्राप्त गर्दै विजयी हुनु भयो भने पार्देले १२८ मत पाउनु भयो ।

आइसीसी सदस्यमा गोपाल राईले २३५ मत ल्याएर विजयी हुनु भयो । राईका प्रतिस्पर्धी टोप बहादुर गैरे क्षेत्रीले १११ मत प्राप्त गर्नु भयो ।

त्यस्तै, उपाध्यक्षमा कविन्द्र सुवेदी विजयी हुनु भयो । उहाँले २२२ मत प्राप्त गर्नु भयो भने निकटतम प्रतिस्पर्धी भिम परियारले १२३ मत पाउनु भयो ।

यस्तै महासचिवमा पवन खड्का विजयी हुनु भयो । खड्काले २०४ मत पाउनु भयो भने निकटतम प्रतिस्पर्धी सुसन परियारले १३१ मत पाउनु भयो ।

त्यस्तैगरि, सचिवमा कुलबहादुुर श्रेष्ठले २०५ मत प्राप्त गरी विजयी हुनु भयो । निकटतम प्रतिस्पर्धी उदय राज गिरीले १४१ मत पाउनु भयो । उता कोषाध्यक्षमा अनिल थापा विजयी हुनु भयो । उहाँले २२४ मत  प्राप्त गर्नु भयो भने उहाँको निकट प्रतिस्पर्धी सुरेन्द्र प्रसाद आचार्यले ११८ मत पाउनु भयो ।

त्यस्तै युवा संयोजकमा विवेक पौडेल विजयी हुनु भयो । पौडेलेले २२७ मत पाउँदा प्रतिस्पर्धी आशिष श्रेष्ठले ११० मत पाउनु भयो । त्यस्तै, कार्यसमिति सदस्यमा झबिन्द्र गाहा २०४, विक्रम महर्जन १६६  र भिमलाल उपाध्याय (विदुर) १८८ मत ल्याएर विजयी हुनु भयो ।

प्रथम उपाध्यक्षमा प्रकाश तिवारी र महिला संयोजकमा गंगा पौडेल यसअघि नै निर्विरोध चयन भइसक्नु भएको छ । ४८२ सदस्य संख्या रहेको एनआरएनए पोल्याण्डमा ३४९ जना मतदानमा सहभागि भएका थिए ।

 


प्रकाशित | ५ श्रावण २०७८, मंगलवार १२:३९