मस्को । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् रसियाको अध्यक्षमा शिवमणि भुर्त्याल पुन: चयन हुनु भएको छ । भुर्त्याल आगामी कार्यकालको लागि पुन: अध्यक्षमा निर्विरोध चयन हुनु भएको हो । आइतबार सम्पन्न संघको १०औ साधारण सभाले आइसीसी सदस्यमा रामेश्वर गौतमलाई पनि निर्विरोध चयन गरेको छ ।
संघको नयाँ कार्यसमिति उपाध्यक्षमा केशव तिमिल्सिना, गणेश रामदान र गोविन्द्र आचार्य, महासचिवमा इन्द्र भुसाल, सचिवमा सन्देश सिमखडा, कोषाध्यक्षमा किरण राणाभाट र सह-कोषाध्यक्षमा हिमाल खनाल निर्विरोध चयन हुनु भएको छ ।
त्यस्तैगरि, युवा संयोजकमा सीताराम कट्टेल ‘मिलन’ र महिला संयोजकमा सरस्वती खनाल निर्विरोध हुनु भएको छ । कार्यसमिति सदस्यहरुमा अमित कर्ण, संज्ञान कार्की, पार्शुक पोखरेल र यम बहादुर थापा चयन हुनु भएको छ ।
यस्तो छ नयाँ कार्यसमिति
अध्यक्ष– शिवमणि भुर्त्याल
उपाध्यक्ष
-केशव तिमिल्सिना
-गणेश रामदान
-गोविन्द आचार्य
महासचिव -इन्द्र भुसाल
सचिव -सन्देश सिमखड़ा
कोषाध्यक्ष -किरण राणाभाट
सह-कोषाध्यक्ष -हिमाल खनाल
युवा संयोजक -सीताराम कट्टेल ‘मिलन’
महिला संयोजक -सरस्वती खनाल
सदस्यहरु
-अमित कर्ण
-संज्ञान कार्की
-पार्शुक पोखरेल
-यज्ञ बहादुर थापा
प्रकाशित | ११ श्रावण २०७८, सोमबार १४:४७