कांग्रेस चुनावमा गठबन्धन गरेर जाने पक्षमा छैन : डा. शेखर कोइराला

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचनमा कसैसँग गठबन्धन गरेर जान नसकिने बताउनु भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जान राख्नु भएको प्रस्तावमा असहमति जनाउँदै कोइरालाले सो जवाफ दिनु भएको हो ।

अध्यक्ष प्रचण्ड र कोइरालाबीच बिहिबार भएको भेटवार्तामा कोइरालाले स्थानीय निर्वाचनमा गठबन्धन गर्ने पक्षमा आफु नरहेको स्पष्ट पार्नु भएको हो । भेटवार्तामा प्रतिनिधि सभाको अवरोध कसरी हटाउने, एमसीसी र स्थानीय निर्वाचन लगायतका विषयमा छलफल भएको थियो । त्यसैगरी कोइरालाले एमसीसीका बारे संसदबाट चाडो निर्णय लिन प्रचण्डलाई आग्रह गर्नुभएको थियो ।


प्रकाशित | २७ माघ २०७८, बिहीबार १२:११