एनआरएनए उपाध्यक्ष सोनाम लामाको लकडाउन डायरी

नेपालमा लकडाउन भएको एक महिना बित्तिसकेको छ । यस अवधिमा मेरो पूरै दैनीकी एनआरएनएको कार्यमा बढी नै ब्यस्त रहेँ । यस बीचमा भएका कयौं बैठक, सरकारी मन्त्रीसँग भेटघाट, छलफल, गैर आवासीय नेपालीका समस्याका विषयमा पहल, स्वास्थ्य सामाग्री चाँडो ल्याउने विषयमा पहल जस्ता कार्यमा ब्यस्त भएँ । जेहोस परिवार न्यूर्योकमा रहेको यो अवस्थामा आफू एनआरएनएको कामले काठमाडौं आएको दुई महिना बित्तिसकेछ । तर परिवारबाट टाढा भएर पनि सामाजीक कार्य गर्न पाएकोमा गौरवान्भित महसुस गरिरहेको छु ।

सोनाम लामा

चैत ७ गते तीरको कुरा हो, लाप्राकमा हिउँ परेर केहि महिना रोकिएको कामलाई शूरु गर्न भनेर कार्यालयका सिईयोलाई गोरखा बेलाएर आफू पनि तीब्र रफतारमा मुस्ताङबाट लाप्राक जान भनेर आइरहेको थिएँ । तर बीच बाटोमा नपुग्दै सिईयो ब्यस्त भएकाले आउँन नसक्ने भन्दै फोन आयो । सिईयोको ब्यस्तताले लाप्राक जान भनेर मुस्ताङबाट हिडेकोमा सिधै काठमाडौं घरतर्फ लागे । चैत ७ गते राती घर पुँगे । करिव एक साता लामो मुस्ताङमा आफनै ब्यक्तीगत कामले ब्यस्त भइरहँदा नेपालमा कोरोना संक्रमण सायद कसैलाई पनि देखिएको थिएन । काठमाडौं आए लगत्तै रोकिएका केहि ब्यक्तीगत काम र एनआरएनएको काममा दैनीक ब्यस्त भइरहेँ । विश्वका विभिन्न देशमा लकडाउन भइसकेको थियो । विभिन्न देशबाट धेरै साथीहरुले फोन गरिरहनु भएको थियो । आफूले पनि विभिन्न ठाउँमा फोन गरेर समस्याहरु बुझने कार्यमा ब्यस्त भइरहँदा काठमाडौंमा केहि दिनको बसाई लगत्तै नेपाल सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि देशब्यापी रुपमा लकडाउन घोषणा गर्यो ।

मुस्ताङमा बढी नै चिसो भएकोले गर्दा रुघा, खोकीले ग्रस्त बनाएको थियो । केहि दिन सकी नसकी एनआरएनएको काममा ब्यस्त भएँ । लकडाउन शूरु भएसँगै एक त बाहिर निस्कने अवस्था रहेन अर्को रुघा, खोकीले ग्रस्त भइरहेकोले घरमै आराम गरेर बसेँ । तीन चार दिनसम्म घरमै आराम गरेपछि रुघा, खोकी अली कम हुँदै गयो । सरकारले एक साताको लागि गरेको लकडाउन सकिन केहि दिन मात्र बाँकि थियो । यस बीचमा गैर आवासीय नेपाली संघको बैठक चलीरहेको थियो । गैर आवासीय नेपाली संघले मेरो परोपकारी तथा राहत विभाग अन्तर्गत रहेर सहयोग संकलन समिति र कोभिड १९ सम्बन्धी उच्चस्तरीय समिति गठन गर्यो । जसमा अध्यक्ष कुमार पन्तको नेतृत्वमा नेपालबाट पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापा, पूर्व शिक्षामन्त्री डा. गंगालाल तुलाधारलाई पनि समितिको सल्लाहकारमा राखेर विश्वभरिका नेपाली चिकित्सकहरु सम्मिलीत बैठकले विभिन्न चरणमा छलफल गर्यो। बैठकमा विश्वको विभिन्न देशले कोरोना नियन्त्रणमा खेलेको भूमीका, अपनाएको रणनीति लगायतको विषयमा विश्वभरिका चिकित्सकहरुमार्फत जानकारी गराउने काम भयो । जुन मेरो बिभाग अन्तर्गत रहेको स्वास्थ्य समितिले विश्वभरि रहनु भएको स्वास्थ्यकर्मीलाई एकै ठाउँमा छलफलमा बोलाएर नेपाल सरकारलाई कोरोना नियन्त्रणको लागि खेल्नुपर्ने स्वास्थ्य रणनीतिको विषयमा सुझाव पेश गर्न सफल भयो ।

कोभिड १९ उच्चस्तरीय समिति निर्माण सँगै एनआरएनएको केन्द्रीय पदाधिकारी बैठकले नेपाल सरकारले खडा गरेको कोभिड १९ राहत कोषमा १ करोड सहयोग गर्ने निर्णय गर्यो । एनआरएनएले निर्णय गरेसँगै विश्वभर विभिन्न साथीहरुलाई सहयोग गरिदिन आग्रह गरिरहेँ। विशेष गरि लकडाउनमा गैर आवासीय नेपाली संघको बैठक, एनआरएनएको प्रतिनिधित्व गर्दै नेपाल सरकारसँग छलफल, भेटघाट जस्ता कार्यमा ब्यस्त भइरहेँ ।

यो डायरी लेखिरहँदा सम्म नेपालमा लकडाउन अझै जारी छ । लकडाउन अझै कती चल्ने हो भन्ने यकीन छैन । एक महिना भन्दा बढी लकडाउनमा बसीरहँदा समस्यामा परेका नेपालीका लागि सम्बन्धित निकायमा पहल तथा ताकेता गर्ने काम भइरहेको छ । साथै एनआरएनएले नेपाल सरकारलाई सहयोग गर्न लागेको १ करोड रकम भन्दा स्वास्थ्य सामाग्री दिनू भन्ने परराष्ट्र मन्त्रीको आग्रहअनुसार केन्द्रीय पदाधिकारी बैठकले सामान पठाउने निर्णय गरेपछि आफू काठमाडौंमा भएकोले सरकारसँग गर्नुपर्ने पहलकदमी, सरकारका मन्त्रीसँग भेटघाट जस्ता कार्यमा ब्यस्त भइरहेँ । अध्यक्षसँग समन्वय गर्दै परराष्ट्र मन्त्रीसँग विभिन्न चरणमा छलफलहरु भए । त्यस्तै, कोरियामा गैर आवासीय नेपाली संघको नेतृत्वमा विभिन्न नेपाली संघसंस्थाको सहकार्यमा सहयोग संकलन गर्दै नेपालमा पठाइएको सामान नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यमा ब्यस्त भइरहेँ । यसअघिका धेरै समय स्वास्थ्य मन्त्रीलाई चाँडो भन्दा चाँडो स्वास्थ्य सामाग्री नेपाल ल्याउनको लागि आवश्यक पहल गर्नमा नै ब्यस्त बने । पहिलो चरणमा नेपाल सरकारलाई कोरियाबाट आएको स्वास्थ्य सामाग्री हस्तान्तरण भएसँगै मध्यपूर्व, मलेसियालगायत विभिन्न देशमा रहेका नेपाली श्रमीकहरु समस्यामा परेको, सरकारको तर्फबाट उद्दारमा ध्यान दिनुपर्नेलगायतका विदेशमा रहेका नेपालीले कोरोनाको कारण भोग्नु परिरहेको समस्या, सरकारले चाल्नुपर्ने कदम जस्ता बुँदागत रुपमा समावेश गरिएको ज्ञापनपत्र बुझाउनमा ब्यस्त भए । सो अवसरमा सस्थापक अध्यक्ष उपेन्द्र महत्तोले पनि सहभागि हुँदै विदेशमा रहेका नेपालीको विषयमा अवगत गराउनुभएको थियो ।

त्यस्तै, यसबीचमा नेपालका विभिन्न सात वटा अस्पतालहरुलाई पनि पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई ) आवश्यक परेको भन्ने मागअनुसार गैर आवासीय नेपाली संघले नेपालका थप सात वटा अस्पतालहरुलाई पनि पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई ) हस्तान्तरण गर्ने कार्यमा ब्यस्त बने । हामीले प्रदेश नं २ का नारायणी अन्चल अस्पताललाई २५, सगरमाथा अन्चल अस्पताललाई २०, जनकपुर अन्चल अस्पताललाई २०, बारा जिल्ला अस्पताललाई १०, रौतहट जिल्ला अस्पताललाई १०, बागमती प्रदेशका केन्द्रीय कारागार अस्पताललाई १५ र भरतपुर क्यान्सर अस्पताललाई २५ वटा पिपिई हस्तान्तरण गर्न सफल भर्यौ । नेपालका विभिन्न प्रदेशस्तरका अस्पताललाई पिपिई वितरण लगत्तै दुई अस्पतालहरुलाई पनि पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई) वितरण गर्नमा ब्यस्त भएँ । संघको सचिवालयबाट गोर्खा अस्पताल र डडेल्धुरा अस्पताललाई एक सय पिपिई वितरण गर्नमा ब्यस्त भएँ ।

लकडाउनमा एनआरएनएको कुनै काम पर्ने बित्तिकै एनआरएनएको सचिवालय पुग्ने, विदेशमा रहेका नेपालीको विषयमा नेपाल सरकारका मन्त्रीसँग पहल गर्ने, घन्टौसम्म एनआरएनएको बैठकमा बिताउने, विभिन्न देशका साथीहरुसँग कुराकानी गर्दै बित्तिरहेको छ । यस बीचमा कोरियाबाट कम्पनी छाडेर आएका श्रमीकहरु नेपालमा लकडाउनको कारण समस्यामा परेको विषयमा श्रममन्त्रीलाई जाने वन्दोवस्तको लागि पहल गरिदिन, नेपाल सरकारसँग मिलेर विदेशमा रहेका नेपालीलाई उद्दारको लागि कोष खडा गर्ने जस्ता छलफल, बैठकमा पनि धेरै ब्यस्त बने । साथै चीनबाट स्वास्थ्य सामाग्री आउँन ढिलाई भएपछि स्वास्थ्य मन्त्रीलगायतसँग चाँडो भन्दा चाँडो सामान ल्याउन पहल गर्ने कार्यमा ब्यस्त भइरहे । मेरो दैनीकी पूरै एनआरएनएमय नै बनेको महसुस भइरहेको छ ।  केहि दिन अघि मात्र हामीले चीनबाट आएका स्वास्थ्य सामाग्री नेपाल सरकारलाई हस्तान्तरण गरेका छौ । चीनबाट स्वास्थ्य सामाग्री काठमाडौं चाँडो भन्दा चाँडो ल्याउँन सरकारीस्तरमा ठूलो प्रयास गर्नुपर्यो ।

नेपालमा लकडाउन भएको एक महिना बित्तिसकेको छ । यस अवधिमा मेरो पूरै दैनीकी एनआरएनएको कार्यमा बढी नै ब्यस्त रहेँ । यस बीचमा भएका कयौं बैठक, सरकारी मन्त्रीसँग भेटघाट, छलफल, गैर आवासीय नेपालीका समस्याका विषयमा पहल, स्वास्थ्य सामाग्री चाँडो ल्याउने विषयमा पहल जस्ता कार्यमा ब्यस्त भएँ । अधिकांश समय अती नै ब्यस्त भएर होला लकडाउन अनुभव खासै गर्न पाएको छैन । यो विपत्ति हाम्रो जीवनमै सबैभन्दा कष्टकर भए पनि सामाजीक कार्यमा आफनो पूरै ध्यान केन्द्रित गर्दा खासै प्रवाह भएको महसुस भएन । आफू बस्दै आएको अमेरिकामा नेपालीहरुको अवस्थाको विषयमा बारम्वार चासो राखीरहेँ । त्यहाँस्थित गैर आवासीय नेपाली संघका साथीहरुसँग कुराकानी गरिरहेँ । विशेष गरि न्यूर्योकमा कोरोनाले महामारीको रुप लिइरहेकाले सबै साथीहरुलाई फोन गरेरै सुरक्षीत रहन अनुरोध गरिरहे । साथै समस्यामा परेका नेपालीलाई सहयोगमा जुट्न पनि आग्रह गर्दै काठमाडौं बसेर पनि न्यूर्योकको हरेक विषयमा जानकारी लिइरहेँ । यसबीचमा प्राय जसो काममा नै ब्यस्त भएकाले परिवारसँग त्यती धेरै कुरा हुन पाएन । जेहोस परिवार न्यूर्योकमा रहेको यो अवस्थामा आफू एनआरएनएको कामले काठमाडौं आएको दुई महिना बित्तिसकेछ । तर परिवारबाट टाढा भएर पनि सामाजीक कार्य गर्न पाएकोमा गौरवान्भित महसुस गरिरहेको छु ।

कोरोना (कोभिड १९) ले विश्वब्यापी महामारीको रुप लिइरहेको यस अवस्थामा तपाई हामी सबै आआफनो ठाउँमा सुरक्षीत हुँदै सकेको सहयोग गर्दै सहयोगी भावनाले काम गर्नुपर्नेछ । यो बेला निस्वार्थ हिसावले सकेको सहयोग गर्दै कोरोना विरुद्धको युद्धमा एकजुट हुनुपर्ने खाँचो छ । मैले पनि ब्यक्तीगत हिसावले एनआरएनएले खडा गरेको कोरोना कोषमा ५ लाख सहयोग गरेर सकेको योगदान गर्ने प्रयास गरेको छु । तपाई हामी जहाँ भए पनि संस्थालाई माया गर्दै सकेको सक्दो सहयोग गर्नु कर्तब्य हुन आउँछ । त्यसैले यतीखेर आफू, परिवार र समाजलाई कसरी सुरक्षीत राख्ने भन्नेतर्फ बढी ध्यान दिर्दै सबैले हातेमालो गरेर कोरोना विरुद्धको यो लडाईलाई  सफल पार्न लाग्नुको विकल्प छैन । विश्वभरि अझै कोरोना नियन्त्रणमा आउने र लकडाउन कहिले हट्ने भन्ने निश्चित नभएको यो अवस्थामा धैर्य भएर बस्नुपर्ने देखिन्छ ।अन्तमा संसारभरि रहनु भएको सबै समुदायलाई सुरक्षित रुपमा बस्न र सकेको सहयोग गर्न सबैमा आग्रह गर्न चाहान्छु । धन्यवाद ।

सोनाम लामा गैर आवासीय नेपाली संघ (एनआरएनए ) को आइसिसी उपाध्यक्ष हुनुहुन्छ ।


प्रकाशित | २३ बैशाख २०७७, मंगलवार १६:१५