पेट्रोलको मूल्य १ रुपैयाँ घट्यो

काठमाडौं: नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको छ । नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य लिटरमा १ रुपैयाँ घटाएको हो ।

आयल निगमले बुधबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै पेट्रोलको मूल्यमा एक रुपैयाँ प्रतिलिटरले घटाएको जानकारी दिएको छ । घटेको मूल्यअनुसार काठमाण्डौको थानकोट डिपोको १५ किलोमिटर परिसरसम्म पेट्रोलको नयाँ खुद्रा बिक्री मूल्य ११० रुपैयाँ प्रति लिटर कायम रहेको निगमले जनाएको छ ।

डिजल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।


प्रकाशित | २२ जेष्ठ २०७६, बुधबार १९:३०