सुनको मूल्य घट्यो, चाँदी भने स्थिर

काठमाडौंः आज सुनको मूल्यमा घटेपनि चाँदीको भने स्थिर छ । बजारमा आज छापावाला सुन प्रतितोला ६० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ६० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । बजारमा मंगलबारको तुलनामा बुधबार सुन ४ रुपैयाँले घटेको हो । चाँदी भने प्रतितोला ७ सय २५ रुपैयाँमै कारोबार भइरहेको छ ।


प्रकाशित | १ जेष्ठ २०७६, बुधबार १६:१६