ओमानमा ‘ए मेरो हजुर ३’को प्रिमियर भव्य रूपमा सम्पन्न

काठमाडौँ : नायीका झरना थापाले निर्देशन गरेको फिल्म ‘ए मेरो हजुर ३’ को प्रिमियर ओमानमा भव्य रूपमा सम्पन्न भएको छ । राजधानी मस्कट कुरूमस्थित लुनार सिनेमा हलमा शुक्रबार ९१८ अक्टोबर २०१९० दिउँसो ३ बजे सम्पन्न भएको हो ।

उक्त प्रिमियरमा निर्देशक झरना थापा, निर्माता सुनिलकुमार थापा, नायिका सुहाना थापासहित ओमानका लागि यूएईका लागि राजदूत, भारतका कार्यवाहक राजदूत, कोरियाका राजदूत, श्रीलंकाका राजदूतहरू अतिथिको रूपमा उपस्थित रहेको थिए ।

सुहाना इन्टरटेनमेन्टको प्रस्तुति ‘ए मेरो हजुर ३’ हेरेर दर्शकहरूले भरपूर मनोरञ्जन लिएका थिए । फिल्ममा नायक अनमोल केसी, सुहाना थापा, अर्पण थापा, सालोन बस्नेत, रवीन्द्र झा, रूपा घिसिङ, रक्षा गौतमसहितका कलाकारहरूले अभिनय रहेको छ ।


प्रकाशित | ४ कार्तिक २०७६, सोमबार २०:२५