बैंकक। गैर आवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्डको अध्यक्षमा भबिन्द्र बस्नेत निर्वाचित हुनु भएको छ । संघको आइतबार भएको निर्वाचनबाट आगामी कार्यकाल (२०२१-०२३ ) को लागि बस्नेत अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
अध्यक्ष, महासचिव र सचिव गरि तीन पदमा निर्वाचन भएको थियो । निर्वाचनबाट महासचिवमा सुवास थापा, सचिवमा श्रीहरि आचार्य निर्वाचित हुनु भएको छ । संघको आइसिसी सदस्यमा वर्तमान अध्यक्ष आशाजीत अवाले निर्विरोध हुनु भएको छ भने कार्यसमितिको अन्य पदमा यअसघि नै निर्विरोध भइसकेको छ ।
यस्तो छ नयाँ कार्यसमिति
प्रकाशित | १० श्रावण २०७८, आईतवार २०:०५