खोप लगाउन अब सबै जिल्लामा अनलाइन फारम अनिवार्य

काठमाडौँ । स्वास्थ्य कार्यालय काठमाडौंले अबदेखि कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फारम अनिवार्य गरेको छ । काठमाडौं उपत्यकासहित ७७ वटै जिल्लामा कोरोनाविरुद्धको खोप लगाउन अबदेखि अनलाइन फारम अनिवार्य गरिएको स्वास्थ्य कार्यालय काठमाडौले जानकारी दिएको छ ।

कार्यालयका अनुसार ७७ वटै जिल्लामा अबदेखि १८ वर्षदेखि ५० वर्ष उमेर समूहका नागरिकहरुले विद्युतीय (अनलाइन) दर्ता नम्बर ल्याए मात्र कोरोनाको खोप लगाउन पाउने भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको साउन १ गतेको पत्रमा उल्लेख भएअनुसार उक्त निर्णय भएको हो । साथै १८ वर्षदेखि ५० वर्षभन्दा माथिका नागरिकलाई आफ्नो नाम दर्ता गराउन आग्रह गरिएको छ ।


प्रकाशित | ९ श्रावण २०७८, शनिबार १९:३८