सुनको मूल्य अहिलेसम्मकै उच्च, प्रतितोला ८० हजार ७ सय रुपैयाँमा कारोबार

काठमाडौं:  सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । बुधबार प्रतितोला ८० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार ८० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार प्रतितोला ७८ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन एक्कासी २ हजार २ सय रुपैयाँ बढेर ८० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, बुधबार प्रतितोला ८० हजार ४ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन २ सय रुपैयाँ बढेर प्रतितोला ८० हजार ४ रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी सोही मूल्य अर्थात प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।


प्रकाशित | २२ फाल्गुन २०७६, बिहीबार १५:०७