चट्याङ लागेर एकको मृत्यु

झापा: चट्याङ लागेर भद्रपुरमा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार घरभित्रै सुतिरहेका राजवंशीलाई शुक्रबार बिहान २ बजे चट्याङ लागेको मृत्यु भएको हो । उनको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले बताउनुभयो। भद्रपुर नगरपालिका ६ नयाँबारी बस्ने ३२ वर्षीय भीम राजवंशीको मृत्यु भएको हो ।


प्रकाशित | १३ बैशाख २०७६, शुक्रबार ०८:१८