देउवा नेतृत्व सरकारको गृहमन्त्रीमा बालकृष्ण खाँण

काठमाडौँ । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको गृहमन्त्री बालकृष्ण खाँण बन्ने हुनु भएको छ । उहाँ काँग्रेस संसदीय दलका प्रमुख सचेतक समेत रहनु भएको छ । यस्तै देउवाले ज्ञानेन्द्र बहादुर कार्कीलाई कानून मन्त्री बनाउनु भएको छ ।

आजै देउवाको शपथ ग्रहण कार्यक्रम राष्ट्रपति कार्यालयमा राखिएको छ भने त्यसलगत्तै मन्त्रीहरुको पनि शपथ हुनेछ । देउवाले पहिलो चरणमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्नु हुनेछ ।


प्रकाशित | २९ असार २०७८, मंगलवार १९:००