कांग्रेस सांसद अमरेशकुमार सिंहले दिए राजीनामा (पत्रसहित)

काठमाडौँ । नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य अमरेशकुमार सिंहले सांसद पदबाट राजीनामा दिनु भएको छ ।  नेपाली कांग्रेसको महाधिवेशन नकिँदै गर्दा क्रियाशील सदस्यता वितरणमा धाँधली गरेको, अस्वाभाविक र भद्दा प्रवृत्तिले नेपाली कांग्रेस चुस्त र गतिशिल बन्ने मार्गमा अवरोध भएको जस्ता कारण देखाएर सिंहले पदबाट राजीनामा दिनु भएको हो ।

सिंहले प्रधानमन्त्री शेर बहादुर देउवा समक्षा राजीनामा पत्र बुझाउनु भएको छ । सिंह सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट गत निर्वाचनमा विजयी हुनु भएको थियो ।


प्रकाशित | ६ श्रावण २०७८, बुधबार १८:०७