नेकपा भित्रको आन्तरिक राजनीतिमा राष्ट्रपतिको सक्रियता बढ्नु दुःखद : शेखर कोइराला

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले राष्ट्रपतिको अनावश्यक सक्रियताप्रति गम्भिर आपत्ति जनाउनुभएको छ । सोमबार ट्वीट गर्दै कोइरालाले राष्ट्रपतिले संविधानको मर्यादा र संस्थाको गरिमा ख्याल गर्नुपर्ने बताउनुभएको हो ।

‘राष्ट्रपतिले आफ्नो जिम्मेवारी, संविधानको मर्यादा र संस्थाको गरिमालाई ख्याल गर्नुपर्छ,’ कोइरालाले भन्नुभएको छ, ‘पछिल्ला दिनमा नेकपाभित्रको आन्तरिक राजनीतिमा राष्ट्रपतिको सक्रियता बढ्नु देश र लोकतन्त्रका लागि अत्यन्तै दुःखद हो।’

कोइरालाले राष्ट्रपति सम्मानित र सर्वोच्च निकाय रहेको उल्लेख गर्दै लेख्नुहुन्छ, ‘ राष्ट्रपति सामान्य र राजनीतिक व्यक्ति होइन। साझा, सम्मानित र सर्वोच्च निकाय हो।’


प्रकाशित | ५ श्रावण २०७७, सोमबार १४:१९