एनआरएनएको स्पोर्ट्स एकेडेमीमा हिमाल गुरुङको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति (नामावलीसहित )

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) ले युवा संयोजक हिमाल गुरुङको नेतृत्वमा २१ सदस्यीय स्पोर्ट्स एकेडेमी गठन गरेको छ ।

कार्यसमिति सदस्य सचिवमा मध्यपुर्वका धर्मराज गिरी चयन हुनुभएको छ । गठन गरिएको समितिमा पाँच सदस्यीय सल्लाहकार चयन गरिएको छ भने ब्यवस्थापक तथा प्रशिक्षकमा १२ जनालाई चयन गरिएको छ ।

समितिमा रहनु भएको ब्यवस्थापक तथा प्रशिक्षकहरुले एनआरएनएको तर्फबाट विभिन्न खेलकुद प्रतियोगितामा सहभागि हुनेहरुलाई प्रशिक्षणदेखि ब्यवस्थापनको भूमिका निर्वाह गर्नुहुनेछ ।

एनआरएनएमा रहेका विभिन्न बिभाग मध्ये महिला उपाध्यक्ष रवीना थापाको नेतृत्वमा रहेको महिला तथा युवा विभाग अन्तर्गत रहेर सो एकेडेमीले कार्य गर्ने जनाइएको छ ।


प्रकाशित | १३ फाल्गुन २०७६, मंगलवार २१:२४