आइतबार कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?

काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ। गत २४ घण्टामा ४ सय ६३ जना भेटिएसँगै संक्रमितको संख्या १२ हजार ७ सय ७२ जना पुगेको हो। आइतबार १ सय ५ जना महिला र ५ सय ५८ जना पुरुषसहित ४ सय ६३ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कोशी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा उदयपुरका ६, इलामका १, मोरङका १७ र झापाका २ जना कोरोना संक्रमित भेटिएका छन्। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा सुनसरीका एक जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका १० र महोत्तरीका ५६ जना कोरोना संक्रमित पुष्टि भएका हुन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा डडेल्धुकार १, अर्घाखाँचीका ६, दार्चुलाका १, दोलखाका २, गोरखाका १, गुल्मीका १७, खोटाङका ४, रौतहटका १७, सर्लाहीका १ र सिन्धुपाल्चोकका १ जनामा कोरोन संक्रमण भएको भेटिएको छ।

किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र प्रयोगशाला हेटौंडामा गुल्मीका २० र कपिलवस्तुका २ जनामा कोरोना संक्रमण भेटिएको छ। पाटन अस्पतालको ल्याबमा धादिङ र ललितपुरका एक एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बाजुराका ६३, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा कास्कीका ५ र नवलपरासी पूर्वका ३१ जना कोरोना संक्रमित भेटिएका छन्।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा बागलुङका २९, पर्वतका २, सल्यानका १, तनहुँका ६, लमजुङका १ र म्याग्दीका २ जनामा समेत संक्रमण पाइएको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा कपिलवस्तुका १ जना, पाल्पाका २, प्यूठानका ३५ गुल्मीका १ जना र रुपन्देहीका १२ जना कोरोना संक्रमण पुष्टि भएको छ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दाङका ३४ जना, कपिलवस्तुका ५ जना र रोल्पाका १ जनामा कोरोना संक्रमण भेटिएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाजुराका ३२ जना, रुकुम पश्चिमका १ र सल्यानका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १७ जना कैलालीका र डोटीका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिनुभयो ।

हालसम्म ३ हजार १३ जना संक्रमणमुक्त भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिनुभयो । प्रवक्ता डा गौतमका अनुसार देशका ७७ वटै जिल्लामा संक्रमण देखिएको छ।


प्रकाशित | १४ असार २०७७, आईतवार १७:३७