एनआरएनए यूकेमा ३४ पदका लागि ६२ जनाले दिए उम्मेदवारी, अध्यक्षमा तीन जना भिड्दै

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए यूके) बेलायतको आसन्न निर्वाचनका लागि विभिन्न ३४ पदमा ६२ जनाले उम्मेदवारी दिएका छन् । एनआरएनए यूकेको यही जुलाई ३१ मा निर्वाचन हुँदैछ ।

अध्यक्ष पदमा प्रेम गाहामगर, रोजिना प्रधान राई र दीपक श्रेष्ठले  उम्मेदवारी दिनु भएको छ । निर्वाचन समितिका अनुसार सोमबार ८ बजेसम्म दिइएको समयसीमाभित्र उपाध्यक्षमा दुई पदका लागि ५ जना पवन शर्मा, सुनिलबाबु खड्का, तेजेन्द्र रोकामगर, गोविन्द खरेल र अमन गौचनले उम्मेदवारी दिनु भएको छ ।

महिला उपाध्यक्षमा प्रसुना कंडेल, शकुन्तला गुरुङ र सरस्वती केसी गरि तीन जनाको उम्मेदवारी परेको छ । महासचिव पदका लागि जीत रानाभाट, डा. मुकुन्द बास्तोला र खुशी लिम्बुले उम्मेदवारी दर्ता गर्नु भएको छ।

सचिवमा धातानन्द खरेल (डिएन खरेल), ज्ञानेन्द्र आले, विशाल गुरुङ र विष्णु चालिसे गरि ४ जनाको उम्मेदवारी परेको छ । महिला सचिवमा दुई जना कल्पना त्रिपाठी र नम्रता घले गुरुङले उम्मेदवारी दिनु भएको छ । कोषाध्यक्षमा विष्णुप्रसाद खरेल र धनसरी राई, सह कोषाध्यक्षमा हेम गुरुङ र सशांक शर्माको उम्मेदवारी दिनु भएको छ ।

युथ कोअर्डिनेटरमा तीर्थबहादुर मल्ल (अनिल) र चन्दन गुरुङले उम्मेदवारी दिनु भएको छ ।महिला संयोजकमा मनिकला राई गुरुङ र विमला लिम्बुको उम्मेदवारी दिनु भएको छ ।

आइसीसी सदस्यको ७ पदका लागि समिर खनाल, दिनेश घिमिरे, कोशलेश्वर ढकाल (कृष्ण), अर्कराज तिमिल्सिना, केदार थपलिया, राजेन्द्रप्रसाद पुडासैनी, महेश अधिकारी, एलएन पाण्डे, भिमलाल भट्टराईले उम्मेदवारी दिनु भएको छ।

त्यसैगरि, सदस्यहरुमा सुशिल प्रजापति, इश्वर महर्जन, इन्दिरा (सपना) खनिया, विशाल राई, सुमन शर्मा, सुरेश परियार, हिरा (दीपक) सापकोटा, पदमबहादुर गोले, मोहन ओली, भिमलाल खनाल, देउमान इजम, चम्पा थापामगर, पदमबहादुर शाही, भानुभक्त घिमिरे, गीता रायमाझी, ठाकुरप्रसाद ढुंगाना, दिपक ढकाल, उपेन्द्र पौडेल, बालकृष्ण दाहाल र चेतबहादुर राना गरि २० जनाले उम्मेदवारी दिनु भएको छ ।

स्कटल्याण्डबाट केन्द्रमा प्रतिनिधित्व गर्ने उपाध्यक्ष पदका लागि मोहन कार्की र छविलाल अर्याल, नर्दन आयरल्याण्डबाट नारायण कंडेल र नारायण कुंवर एवं वेल्सबाट रामचन्द्र पोखरेलको एकल उम्मेदवारी परेको छ ।

त्यस्तैगरि, एनआरएनए यूकेअन्तर्गतका चार वटै राज्य समन्वय परिषदहरुको लागि पनि सोमबार उम्मेदवारी दर्ता भएको छ । निर्वाचन समितिका अनुसार वेल्स र नर्दन आयरल्यान्ड राज्य परिषदको सिंगो कार्यसमिति नै निर्विरोध भएका छन् । स्कटल्यान्डमा सबै र इंग्ल्याण्डमा अधिकांश पदमा दोहोरो उम्मेदवारी परेको छ ।

इंग्ल्याण्ड परिषदमा अध्यक्षमा डा मीन रानाभाट र एलबिजेड गुरुङको उम्मेदवारी परेको छ भने स्कटल्यान्डको अध्यक्षमा काशिराम भण्डारी, दिवाकार पाण्डे र शिवकान्त खराल गरी तीन जनाको उम्मेदवारी परेको छ ।

नर्दन आयरल्यान्डको अध्यक्षमा बलबहादुर थापा र वेल्सको अध्यक्षमा कृष्ण भण्डारीसहित दुवै परिषदका सिंगो कार्यसमिति निर्विरोध भएका छन् । एनआरएनए यूके राष्ट्रिय समन्वय परिषदको कार्यसमितिका २७ र आइसीसी सदस्यको ७ गरी कुल ३४ पदमा ती उम्मेदवारी परेका हुन् ।निर्वाचन समितिले उम्मेदवारहरुको प्रथम नामावली मंगलबार दिउँसो १ बजे प्रकाशन गर्ने जनाएको छ ।


प्रकाशित | ५ श्रावण २०७८, मंगलवार ११:१८