एउटै बोकाको मूल्य ४ लाख ६५ हजार

काठमाडौंः धेरै नेपालीले बाख्रा पाल्छन्। बाख्राको मूल्य कति पर्छ भन्ने मोटामोटी अनुमान सबैलाई हुन्छ। तर, झापाको एक गाउँमा बाख्राको पाठाकै मूल्य पनि गाईभैंसी वा घोडाको भन्दा बढी छ भन्दा पत्याउन गोह्रो पर्छ । झापा हल्दिबारी गाउँपालिका–१ गोलधापका गणेश पराजुलीले एउटा बाख्राको पाठा चार लाख रुपैयाँसम्ममा बिक्री गर्छन् ।

बोयर जातको बाख्रा पाल्दै आएका पराजुलीले ३ लाख देखि ४ लाख ६५ हजार रुपैयाँसम्ममा बाख्राको पाठा बिक्री गर्दै आएको छन् । । यो समाचार आजको कारोबारले पहिलो पृष्ठमा छापेको छ । ‘प्रगति बोयर बाख्रा फर्म’ सञ्चालक पराजुलीले अहिले बोयर जातका १६४ वटा बाख्रा पालेका छन् । सानाठूला सबै हिसाब गर्दा फर्ममा दुई करोड बढीका बाख्रा रहेको पराजुलीले बताए ।


प्रकाशित | २६ बैशाख २०७६, बिहीबार ०८:५१