काठमाडौँमा आजबाट ‘जोन्सन एण्ड जोन्सन’को खोप लगाइँदै

काठमाडौँ । काठमाडौँमा आजदेखि अमेरिकाले दिएको कोरोना भाइरसविरूद्धको ‘जोन्सन एण्ड जोन्सन’ कम्पनीको खोप लगाइँदै छ । ६ गतेसम्म सञ्चालन हुने खोप अभियानमा ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, पूर्ण र अति अशक्त अपाङ्गता भएकाहरु, नेपालमा बसोबास गरिरहेका शरणार्थी र स्वास्थ्यकर्मी र सफाइकर्मीलाई सहभागी हुन सक्नेछन् । खोप काठमाडौं महानगरका २८ वटा अस्पतालबाट उपलब्ध हुने ब्यवस्था मिलाइएको छ ।


प्रकाशित | ४ श्रावण २०७८, सोमबार ०८:१३